मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

आइपीएलमा राजस्थानसँग हैदरावाद पराजित, आज दिल्ली डेयरडेभिल्स र रोयल च्यालेन्जर्स बैंगलोर तथा कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच खेल हुने

आइतबार, बैशाख १५ २०७६

काठमाडौं, १५ वैशाख । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले सनराईजर्स हैदरावादलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा राजस्थानले हैदराबादमाथि ७ विकेटको जित निकालेको हो।

जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । राजस्थानको जितमा सन्जु सामसनले अविजित ४८ रन जोड्दा लिआम लिभिङस्टोनले ४४ रन बनाए। यस्तै अजिंकाले रहानेले ३९ र कप्तान स्टिभ स्मिथले २२ रन बनाए।

हैदरावादका खलिल अहमेद, शाकिब अल हसन र राशिद खानले एक÷एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो। जितसंगै राजस्थानले हैदरावादसँग पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ। जीतपछि राजस्थान १२ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ।

प्रतियोगिता अन्तर्गत आइतबार दिल्ली डेयरडेभिल्स र रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच खेल हुने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार