आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जुडोकी देविकाले जितिन् स्वर्ण पदक

आइतबार, मंसिर २२ २०७६

काठमाडौँ । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अर्को स्वर्ण पदक जितेको छ । नेपालले जुडोबाट पहिलो स्वर्ण जितेको छ । जुडोकी देविका खड्काले महिला ५२ केजीमा स्वर्ण पदक जितेकी हुन् । देविकाले फाइनल भिडन्तमा बंगलादेशकी जेरिन ताहामिदालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् । फाइनलमा बंगलादेशी खेलाडीले ३ वटा फल गरेपछि त्यसको फाइदा देविकालाई भएको थियो ।

योसँगै नेपालले आइतबार दुई स्वर्ण पदक जितेको छ । पौडीको ४ सय मिटर फ्रीस्टाइलतर्फ गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । यो सँगै नेपालले आइतबार जितेको दोस्रो स्वर्ण पदक हो । यो जितपछि स्वर्ण पदकको संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार