सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

बुधबार, मंसिर १० २०८२

दशरथचन्द, बैतडी, १० मङ्सिरः जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन् ।

राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले जानकारी दिनुभयो । यसअघि जिल्लामा एक लाख ५४ हजार २१६ जना मतदाताले परिचयपत्र बनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार