काठमाडौँका चोकमा सार्वजनिक शौचालय-
काठमाडौँ । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा गैरआवासीय नेपाली संघ (NRNA)ले काठमाडौँका प्रमुख व्यस्त चोकहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने सोच अघि सारेको छ । यसमा महानगरका तर्फबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । केही स्थानमा महानगर र संघको संयुक्त टोलीले स्थलगत अध्ययन गरेको छ ।
कलंकी, सुन्धारा, कोटेश्वर, माछापोखरी, चावहिल लगायत क्षेत्रमा महानगरले जग्गा उपलब्ध गराउने, संघले शौचालय निर्माण र सुरुका केही वर्ष सञ्चालनको जिम्मेवारी लिनेछ । मुलुकको संघीय राजधानी मात्र नभई प्रत्येक विदेशी पर्यटकलाई स्वागत गर्ने महानगर समेत भएकाले काठमाडौँलाई स्वच्छ र सफा राख्न यो पहल कदमी थालिएको हो । यसले काठमाडौँका आगन्तुक तथा यात्रुलाई पनि सुविधा पुग्ने विश्वास लिइएको छ ।

यस पहललाई सफल, प्रभावकारी र दिगो बनाउन यहाँहरुले आआफ्नो क्षेत्रबाट गर्न सक्ने योगदानको समेत अपेक्षा गरिएको छ । (तस्बिर- स्थलगत अध्ययनका क्रममा कामपा वडा नं १४ का वडाध्यक्ष शोभा सापकोटा सहित कलंकी चोकमा) संघका अध्यक्ष कुमार पन्त सहितको टोलि अहिले यो अभियानमा जुटेका छन्