शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

उसु खेलमा निमाले जितिन् स्वर्ण

बिहिबार, मंसिर १९ २०७६

काठमाडौँ(जस)–राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत उसु खेलमा नेपालकी निमा घर्ती मगरले स्वर्णपदक जित्नुभएको छ । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा बिहीबार भएको उसुअन्र्गत थाउलोको महिला नान्दोमा उहाँले कूल १८.९१ अङ्क जोड्दै स्वर्णपदक जितेका हुन् । निमा उसुमा लगातार दुई स्वर्ण जित्ने पहिलो खेलाडी बने ।
सन् २०१६ मा भारतमा भएको १२ औँ सागमा पनि निमाले नेपाललाई स्वर्णपदक दिलाउनुभएको थियो । सोही स्पर्धामा बङ्गलादेशले रजत जित्दा श्रीलङ्काले कास्यपदक हात पा¥यो । त्यस्तै महिला उसुको थाउलो ताइजिनमा नेपालकी मीना ग्लानले रजत जिते । सो स्पर्धामा श्रीलङ्काले स्वर्ण जित्यो भने बङ्गलादेशले कास्यपदक पायो । उसुको पुरुष थाउलो गुन्सुतर्फ नेपालका विश्व बुढा मगरले रजतपदक हात पारे । यस स्पर्धामा भारतले स्वर्ण तथा बङ्गलादेशले कास्य पदक जित्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार