आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

हुम्लाको छत्रपाल आधारभूत विद्यालयमा आगलागी

बिहिबार, कार्तिक २० २०८२

काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालय आगलागी भएको छ । बुधबार राति ८ बजे माथिल्लो तलाको झ्यालबाट आगलागी सुरू भएको थियो ।

अगालागी भएको विद्यालयको भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ । विद्यालयको मूल गेटमा रहेको भवनमा अफिस कोठासमेत थियो ।

कार्यालय भवनमा आगालागी हुँदा विद्यायमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् ।

सोलार एक सेट, २ थान ल्यापटप, २ थान डेस्टप, २ वटा प्रिन्टर, २ वटा दराजलगायतका सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले क्षति थप विवरण आउन बाँकी रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार