आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

तीन दिनदेखि अवरुद्ध तमोर करिडोर खुल्यो

आइतबार, कार्तिक १६ २०८२

फिदिम । कात्तिक १३ गतेदेखि अवरुद्ध तमोर करिडोर सञ्चालनमा आएको छ । यो सडक खण्ड अन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा आएको बाढीले सडक बिगारेपछि यो सडक कात्तिक १३ गतेदेखि अवरुद्ध थियो ।

निरन्तरको प्रयासपछि तमोर करिडोर आयोजनाले यो सडक दिउँसो १२ बजे खुलाएको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रमुख अनिष कर्णले जानकारी दिनुभयो । आइतबार बिहानैदेखि यस सडक खण्डमा पर्ने धनकुटा र पाँचथरको सीमावर्ती नावा खोलामा स्कावेटर परिचालन गरिएको थियो ।

तमोर करिडोरको अवरोध हटाइएसँगै ताप्लेजुङ र पाँचथरतर्फ रोकिएका सवारी र इन्धनवाहक गाडी गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार