शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

तेह्रौँ साग : नेपाललाई पहिलो स्वर्ण पदक

सोमबार, मंसिर १६ २०७६

काठमाडौँ (जस)–नेपालका मण्डेकाजी श्रेष्ठले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन् । सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको कराँतेको व्यक्तिगत पुरुष एकल कातामा श्रेष्ठले नेपाललाई स्वर्णपदक दिलाएका हुन् । उहाँले पाकिस्तानका खेलाडी निएमातुल्हालाई पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् । श्रेष्ठले २५.७२ अङ्क जोडे । यता रजत पदक हात पारेका पाकिस्तानका खेलाडीले २४.९२ अङ्क जोडे ।
त्यसअघि सेमिफाइनलमा मण्डेकाजीले बङ्गलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाएका थिए । यससँगै मण्डेकाजीले दुई दशकपछि नेपाललाई कातामा स्वर्ण दिलाउन सफल भएको छ । नेपालमै भएको आठौँ सागमा गङ्गाराम महर्जनले कातामा नेपाललाई स्वर्ण दिलाउनुभएको थियो । त्यसयता कातामा नेपाल स्वर्णविहीन हँुदै आएको थियो ।
चञ्चलाले रजत
त्यस्तै महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी छन् । उनी फाइनल खेलमा पाकिस्तानकी साहिदासँग पराजित भइन । चञ्चलाले फाइनलमा २४.६२ अङ्क जोड्दा साहिदाले २४.६२ अङ्क जोडिन । यसअघि पहिलो चरणमा आफ्नो समूहमा रहेका बङ्गलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउँदै चञ्चला फाइनलमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार