शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनआरएनए युएई–नेपाल एशोसियसनको बोर्ड बैठकले गर्यो यस्ता निर्णयहरु (निर्णयहरुसहित)

सोमबार, मंसिर १६ २०७६

यूएई । एनआरएनए युएई–नेपाल एशोसियसनको बोर्ड बैठकले संस्थालाई क्रियाशील बनाउने निर्णय गरेको छ । एसोसियसनको हालै सम्पन्न बोर्ड(अफ(डाइरेक्टरहरुको बैठकले नव आगन्तुक बोर्ड अफडाइरेक्टरहरुलाई स्वागत तथा बोर्डअफ डाइरेक्टरको पदमा सिडिए (कम्युनिटी डेभलपमेण्ट अथरिटी) ले स्वीकृत गरेको नर बहादुर सेन र कृष्ण कुमार ठाकुरलाई बोर्ड अफ डाइरेक्टरमा जिम्मेवारी हस्तान्तरण गरेको छ । यसैगरी एसोसियनले विभिन्न निर्णयहरु गरेको छ ।

एनआरएनए युएई- नेपाल एशोसियसनको बोर्ड बैठकले गरेका निर्णयहरु ।
मिति २०१९-डिसेम्बर-१ तारिखका दिन बसेको नेपाल एशोसियसन (एनआरएनए) युएई को बोर्ड-अफ-डाइरेक्टरहरुको बसेको बैठकले निम्न विषयहरुमा छलफल गरी निर्णय गर्योः

१) नव आगन्तुक बोर्ड-अफ-डाइरेक्टरहरुलाई स्वागत:
उपरोक्त सम्बन्धमा रिक्त रहेको बोर्ड-अफ-डाइरेक्टरको पदमा सि।डि।ए (कम्युनिटी डेभलपमेण्ट अथरिटी) ले स्वीकृत गरेको द्वय श्री नर बहादुर सेन र श्री कृष्ण कुमार ठाकुरलाई बोर्ड-अफ-डाइरेक्टरमा जिम्मेवारी हस्तान्तरण गरियो ।

२) बोर्ड-अफ-डाइरेक्टरमा सिफारिस गरिएकोबारे:
उपरोक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद, यूएई २०१९/२१ कार्यकालबाट बोर्ड-अफ-डाइरेक्टरमा सिफारिस गरिनु भएका श्री प्रकाश कोइराला (अध्यक्ष), श्री पासाङ शेर्पा (उपाध्यक्ष), श्री विकाश शाही (कोषाध्यक्ष) र श्री मदन अधिकारी (यूवा संयोजक) को कागजात सि।डि।ए। लाई हस्तान्तरण गरिसकिएको र सि।डि।ए। को स्वीकृतीको प्रतिक्षामा रहेको जानकारी गराइयो ।

३) पञ्जिकृत सदस्यता सम्वन्धमा:
संस्थालाई क्रियाशिल राख्न र “नेपालीका लागि नेपाली” भन्ने मूल उद्देश्यलाई जिवन्त बनाउन सदस्यहरुको प्रमुख भूमिका रहन्छ तसर्थ नेपाल एशोसियसन (एनआरएनए) को सदस्य बन्ने अधिकारलाई सुनिश्चित गर्दै कुनै पनि बेला सदस्य (हरेक दुई वर्षमा रिन्यू हुने गरी) बन्न सक्ने निर्णय गरियो । साधारण सदस्य स्वरुप ५०/- दिराम र गोल्ड सदस्य स्वरुप ५००/- दिराम सदस्यता शुल्क रहने निर्णय सहित आजको मिति देखि लागू हुने गरी हरेक क्षेत्रले (क्षेत्रीय समन्वय परिषद) बनाएको सदस्यको २० प्रतिशत सोही क्षेत्रको उद्धार, सहयोग तथा वृत्ति विकासलागि प्रदान गरिने निर्णय गरियो । साथै साधारण सदस्य र गोल्ड सदस्य दुबैले गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद, यूएईको विधानमा रहि आफ्नो प्रतिनिधि चुन्ने अधिकार रहेको जानकारी गराइयो ।

४) टोल-फ्री (TOLL FREE) नम्बर:
उपरोक्त सम्बन्धमा यूएई स्थित सम्पूर्ण नेपालीहरुको सेवा सुविधालाई ध्यानमा राखी सेवाग्राहीले कल गर्दा पैसा नलाग्ने टोल–फ्री नम्बरको लागि सि।डि।ए। लाई निवेदन गर्ने र स्वीकृती पश्चात अविलम्ब लागु गर्ने निर्णय गरियो । यस टोल–फ्री नम्बरबाट सेवाग्राहीले यूएईको कानून सम्वन्धी, उपलव्ध विभिन्न सहयोग सम्वन्धी र आईपरेका समस्याको समाधानका जानकारी जस्ता विषयमा सेवा पाउन सकिने जानकारी गराइयो ।

५) प्रशासनमा (Administration Officer) नियुक्ती सम्वन्धमा:
उपरोक्त सम्बन्धमा कार्यालयको दैनिक कामक्रिया जस्तै फोनमा, सोसल मेडियामा, इमेलमा वा अन्य कुनै माध्यमबाट आएका सोधपुछलाई सल्लाह र सुझाव दिने अनि ट्रयाकिङ, फलोअप र रेकर्ड मेन्टेन गरी मासिक रुपमा डेटा एनालाइसिस गरी सेवाग्राहीलाई उच्चतम सेवा गर्न मद्दत गर्ने Administration Officer को नियुक्त गर्ने । सो कार्यको शुरुवात गर्न अविलम्ब Job Description र Compensation and Benefit निर्णय गरी भ्याकेन्सी पोष्ट गर्ने निर्णय गरियो ।

६) वेभसाईट र मोवाइल याप सम्वन्धमा:
उपरोक्त सम्बन्धमा नेपाल एशोसियसन (एनआरएनए) ले प्रदान गर्ने सेवा र सुविधालाई कार्यकुशलता दिन वेभसाईट र मोवाइल याप निर्माण गर्ने निर्णय गरियो । सो सुविधा विकासकालागि विज्ञापनदातामा निहित रहनु पर्ने हुँदा विज्ञापनदातालाई खुल्ला बोलपोत्र आव्हान गरिने र सो कार्य अविलम्ब शुरु गरिने निर्णय गरियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार