आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेपाली व्यवसायि संघ कतारद्वारा नेपाली राजदुतावास कतारका नियोगका उपप्रमुख मणीरत्न शर्मालाई बिदाई

शनिबार, बैशाख १४ २०७६

कतार, १४ बैशाख । नेपाली राजदुतावास कतारका नियोगका उपप्रमुख  मणीरत्न शर्मा आफ्नो ४ बर्षे कार्यकाल सम्पन्न गरी स्वेदश फर्कदैछन् । उक्त शिलशिलामा शर्मालाई नेपाली व्यवसायि संघ कतारले सम्मान तथा विदाई गरेको छ ।
यसका साथै संस्थाका अध्यक्ष महिन्द्र चौलागाईको सभापतित्वमा राजदुताबासका राजदुत रमेश प्रसाद कोईराला तथा सम्पुर्ण राजदुताबास परिवार साथै संस्थाका संरक्षक डाक्टर देबकाजी डंगोल,प्रमुख सल्लाहाकार बद्री पाण्डे तथा सम्पुर्ण सल्लाहार समितीका साथमा कार्यसमितीका सम्पुर्ण पदाधिकारीहरु बिच अप्रिल २५, २०१९ मा महेन्द्र चौलागाईको निवासमा भेटघाट तथा जलपानको आयोजना भएको थियो ।


४ बर्षे कार्यकालमा नेपाली राजदूतावासको प्रतिष्ठा, नेपाली हक हितका व्यवस्था कतार र नेपाल दुई देश विचको सम्बन्ध, कतारमा कार्यरत श्रमिकहरुको हकहित र समस्या मात्र नभई, व्यवसायिहरु सँगको सहकार्य सर्हानिय भएको भन्दै व्यवसायिहरुले शर्माको प्रशंसा समेत गरेका थिए ।

उहाँले पुर्याउनु भएको योगदानको हामि सदैब उच्च कदर गर्नेछौ सुझाब सल्लाहको लागी धन्यवाद भन्दै नेपाली सफल व्यवसायि पूर्ण पोखरियाले आगामी दीनहरुमा पनि आफ्नो कार्यक्षेत्रमा यसरीनै सदैब समर्पित हुनुहुनेछ भन्ने आशाका साथ नेपाली राजदुतावास कतारका नियोगका उपप्रमुख श्री मणीरत्न शर्मालाई पारिबारिक , सामाजिक र व्यक्तिगत जिवनमा सफलताको शुभकामना दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार