मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

इंग्लिस प्रिमियर लिगकाे शीर्ष स्थानमा फेरि लिभरपुल , उपाधि होड बन्यो रोमाञ्चक

शनिबार, बैशाख १४ २०७६

काठमाडौं, १४ वैशाख । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले हर्डल्सफिल्डमाथि पाँच-शून्यको सानदार जित निकाल्दै शीर्ष स्थानमा उक्लिएपछि उपाधिको होड झन रोमाञ्चक मोडमा पुगेको छ । घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलको जितमा साडियो माने र मोहम्मद सलाहले दुई-दुई गोल गरे । खेलको १५ औं सेकेण्डमा नै नेवी केइटाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि २३ औं मिनेटमा साडियो मानेको गो मार्फत लिभरपुलले स्कोरबोर्डमा अग्रता दुई-शून्यमा पुर्‍यायाे ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सलाहले टिमका लागि तेस्रो गोल गरे । पहिलो हाफमा तीन-शून्यको अग्रता बनाएको लिभरपुलले घरेलु दर्शकमाझ दोस्रो हाफमा थप दुई गोल गर्‍यो ।

६६ औं मिनेटमा मानेले र ८३ औं मिनेटमा सलाहले नै गोल गरे । सलाह लगातार तीन सिजन प्रिमियर लिगमा २० गोल पार गर्ने तेस्रो खेलाडी बनेका छन् । यसका साथै लिभरपुलले अंक तालिकामा ९१ अंक बनाएको छ । प्रिमियर लिगमा ९० अंक पार गर्ने टिमले अहिलेसम्म लिगको उपाधि जितेको इतिहास छ ।
तर यसपटक लिभरपुललाई म्यानचेस्टर सिटीले कडा टक्कर दिइरहेको छ । उसले अब आफ्नो खेलमा बर्नलीलाई हराएमा फेरि शीर्ष स्थानमा उक्लन सक्नेछ । एक खेल कम खेलेकाे सिटीको ८९ अंक रहेको छ । लिभरपुलले अब प्रिमियर लिगमा न्यूक्यासल र उल्भ्ससँग खेल्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार