शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

मन्त्रालय फेरिएको बारे उपेन्द्रको ठट्टा : प्रधानमन्त्रीले मलाई बढी नै माया गर्नुभयो !

सोमबार, मंसिर ९ २०७६

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आजदेखि कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । मन्त्रालय हेरफेरसँगै स्वास्थ्य मन्त्रालयबाट कानून पुगेका उनले जिम्मेवारी पाएको पाँचौ दिन कार्यभार सम्हालेका हुन् ।

स्वास्थ्य मन्त्रीको रुपमा भारत भ्रमणमा गएका बेला मन्त्रालय हेरफेर हुँदा उनी स्वास्थ्यबाट कानून मन्त्रालयमा आईपुगेका हुन् । गत बुधबार प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा यादवको मन्त्रालय हेरफेर गरेका थिए ।

हाल यादवले सम्हाल्दैै आएको स्वास्थ्य मन्त्रालयमा भानुभक्त ढकाल पुगेका छन् । ढकाल यसअघि कानून मन्त्रालयमा थिए ।

सोमबार स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्दै यादवले मन्त्रालय हेरफेरको अधिकार प्रधानमन्त्रीमा रहेको प्रतिक्रिया दिए । मन्त्रालय हेरफेरबारे प्रधानमन्त्रीसँग परामर्श भयो कि भएन भन्ने पत्रकारको प्रश्नमा उनले माहोल परामर्श गरिरहन नपर्ने खालको भएको प्रतिक्रिया दिए । उनले भने, ‘परामर्श गरिरहन पर्दैन, यो सामान्य कुरा हो । प्रधानमन्त्रीले गर्न सक्छन्, मन्त्रालयहरु हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार हो ।’

उनले ठट्यौली पारामा प्रधानमन्त्रीले बढि माया गरेर आफुँलाई कानूनमा ल्याएको हुनसक्ने प्रतिक्रिया दिए । ‘हुनसक्छ धेरै वटा मन्त्रालयको राम्रो अनुभव होस्, अनुभवी नेता बनोस् भनेर पनि पठाएको हुनसक्छ, अर्को मिल्ने मन्त्रालयमै पठाइदिउँ भनेर पनि हुनसक्छ, अर्को कुरा उहाँले अलि बढि नै माया गरेर पनि हुनसक्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार