मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

दर्चुलामा अन्ठाउन्न कैदीबन्दी कारागार फर्किए

बिहिबार, असोज २ २०८२

दार्चुला । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ मा जिल्ला कारागारबाट फरार ७१ कैदीबन्दीमध्ये ५८ जना कारागार फर्किएका छन् ।

फरार मध्येका दुई कैदीबन्दी सम्पर्कमा रहेको कारागारका जेलर सरीता चन्दले जानकारी दिनुभयो । फरार कैदीबन्दीको हुलियासहित सबै ठाउँमा विवरण पठाइएको र उनीहरुको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।

फरार कैदीबन्दी तथा थुनुवालाई तुरुन्त सम्पर्क गर्न र कानुनको पालना गर्न आग्रह गर्दै प्रशासनले सूचना जारी गरिसकेको छ । जिल्ला कारागारमा कूल ७७ कैदीबन्दीमध्ये ६ जना कारागारमै बसेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार