मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

एनआरएनद्धारा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान (फोटोफिचर)

शुक्रबार, बैशाख १३ २०७६

काठमाडौं(जस)–राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको गैरआवासीय नेपाली संघ (एनआरएन)ले आठांै राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीलाई भव्य स्वागत तथा सम्मान गरेको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा एनआरएनका अध्यक्ष भवन भट्टसहतिका पदाधिकारीहरुको उपस्थितिमा खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो । कार्यक्रममा अध्यक्ष भट्ट, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिना, एनआरएनका महासचिब बद्री केसी, युवा संयोजक सुदन थापा उपस्थित थिए ।

यसैगरी कार्यक्रममा एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएन आइसिसी सदस्य मनोज गोर्खालीलगायत,धर्मराज गिरी पुर्व मधयपूर्व संयोक डिआरसीको उपस्थिति थियो । कार्यक्रममा सहभागी सबै खेलाडीलाई सम्मान तथा नगद बितरणसँगै टेक्निकल मेम्बरहरुलाई पनि सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । जसमा स्वर्णपदक बिजेता खेलाडीलाई नगद १ लाख, रजत पदक बिजेतालाई ८० हजार र कास्य पदक बिजेतालाई ६० हजार, सहभागी सबै खेलाडीलाई ५० हजार र रेफ्रि तथाप्रशिक्षकहरुलाई २५ हजार नगद प्रदान गरिएको थियो ।

बुधबार सम्पन्न भएको प्रतियोगितामा एनआरएनले ६ स्वर्ण, २ रजत र ७ काश्य पदक जितेको थियो । करिब ५ हजार खेलाडीले कुल ३५ खेलमा भाग लिएको प्रतियोगिता वैशाख ५ गते उद्घाटन भएको थियो भने प्रतियोगिताका खेलहरु चैत २७ देखि सुरु भएका थिए । जसमा एनआरएनका २४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार