काठमाडौं । नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागको बैठक आइतवार सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन परिसरमा सम्पन्न भएको छ । विभाग प्रमुख तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा बसेको बैठकले हालै देशभर भएका अराजक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घोर निन्दा र भत्र्सना गरेको छ ।
बैठकले भदौ २४ गते सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु देउवामाथि आफ्नै निवासमा गरिएको सांघातिक आक्रमणको कडा शब्दमा निन्दा गर्दै उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
साथै, सोही दिन विभिन्न नेताहरुको निवास, नेपाली कांग्रेसको केन्द्रीय तथा जिल्ला कार्यालयहरु, सिंहदरबार, सर्वोच्च अदालत, संघीय संसद भवन, सरकारी कार्यालयहरु, प्रदेशसभा तथा मन्त्रालयहरु, उद्योग तथा निजी व्यापारिक प्रतिष्ठानहरुमा गरिएको आगजनी र तोडफोडप्रति बैठकले गहिरो चिन्ता व्यक्त गरेको छ ।
बैठकले नेपाली कांग्रेसले देशमा निरंकुश राणा शासन, पञ्चायत र राजतन्त्र अन्त्य गरी