शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

यतिबेला सारा नेपालीको मन रोएको छ : वरिष्ठ कलाकार हरिवंश आचार्य

बुधबार, भाद्र २५ २०८२

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले जेन–जी आन्दोलनमा भएको सम्पदा र सम्पत्तिको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

बुधबार सामाजिक सन्जाल फेसबुकमा लेख्दै देशको अमूल्य सम्पदा र सम्पत्तिमा भएको क्षतिले सारा नेपालीको मन रोएको बताएका छन् ।
संक्रमणकालीन अवस्थालाई बुदद्धिमानी, धैर्यता र सयंमित भएर अघि बढेर भोलिको उज्वल भबिष्य बनाउन सबै जुट्नु आवश्यक रहेको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘नेपाली जनताको चाहना भ्रष्टाचारको जरा उखेल्नु हो । जेनजी आन्दोलनले अब भविष्यमा पनि कसैले पनि त्यो दुस्प्रयास नगर्नेगरि उखेल्दिएको छ । तर, देशको अमूल्य सम्पदा र सम्पतिमा भएको क्षतिले सारा नेपालीको मन रोएको छ । त्यो सम्पत्ति कुनै भ्रष्टाचारीको थिएन । सारा नेपाली जनाताको सम्पत्ति हो । ’

 

प्रतिक्रिया
सम्बन्धित समाचार