काभ्रेपलाञ्चोक । काभ्रे जिल्ला कारागारमा कैदीबन्दीले लगाएको आगजनी नियन्त्रणमा आएको छ।
काभ्रे प्रहरी प्रमुख कोमल शाहका अनुसार कैदीबन्दीले दिउँसो १२ बजेतिर गरेको आगजनी नियन्त्रणमा आएको हो।
अहिले काभ्रे कारागारमा सेनाको उपस्थिति कडा पारिएको छ भने कारागाारमा रहेका २ सय ८३ कैदीबन्दीलाई कारागारभित्र राखिएको छ।
कारागारमा आगजनी गर्ने केहीलाई भने बाहिर निकालेर राखिएको प्रहरी प्रमुख शाहले जानकारी दिएका छन्।
यता काठमाडौँस्थित डिल्लीबजार कारागार पनि सेनाको नियन्त्रणमा छ।