शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

सुन्धारास्थित केन्द्रीय कारागारबाट टोपबहादुर रायमाझी फरार, अन्य कैदी पनि भागे

बुधबार, भाद्र २५ २०८२

काठमाडौं । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनिएका नेकपा (एमाले)का सचिव टोप बहादुर रायमाझस्हित करिब ३३ सय कैदीबन्दी फरार भएका छन् ।

कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् । त्यसैगरी महिला बन्दी गृहमा एक सयको हाराहारीमा कैदीबन्दी छन् । सेन्ट्रेल कारागारमा भने करिब ३ सयको हाराहारीमा कैदी रहेका छन् ।

त्यस्तै भागेका मध्ये केही कैदीबन्दी भने कारागार फर्कन पनि थालेका छन् । अहिलेसम्म करिब ५० जना कैदीबन्दी कारागार फर्केको स्रोतले बतायो । अझै केही कैदीबन्दी फर्कने क्रममा रहेको बताइएको छ ।

नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको सुरक्षा स्रोत बताउँछ । त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेको थियो ।

अनि बल्ल नेपाली सेना कारागार पुगेको थियो । त्यतिन्जेलसम्म करिब ३३ सय कैदीबन्दी फरार भइसहेको बताइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार