शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

टिकटकका १ अर्ब ५० करोड प्रयोगकर्ता

सोमबार, मंसिर २ २०७६

क्यालिफोर्निया, पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरूको सङ्ख्या एक अर्ब ५० करोड पुगेको छ । सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ । टिकटकले यस वर्ष “नन–गेमिङ” वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ ।
ह्वाट्सएप सर्वाधिक डाउनलोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौँमा क्रमशः मेसेन्जर, फेसबुक र इन्स्टाग्राम रहेका छन् । सन् २०१९ मा मात्र टिकटकको डाउनलोड सङ्ख्या अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत वृद्धि भएर ६१ करोड ४० लाख पुगेको छ । टिकटक डाउनलोड गर्नेमा भारतबाट सर्वाधिक करिब ३१ प्रतिशत योगदान छ, जहाँबाट ४६ करोड ६८ लाखले डाउनलोड गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार