नवनिर्वाचित एनआरएन मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्याललाई साउदी अरेबियामा नेपाली दूतावास, प्रवासी मञ्च र जनसम्पर्क समिति लगायतले सम्मान तथा बधाई दिएको छ । अर्याल गत अक्टोबर १५ देखि १७सम्म काठमाडौमा भएको एनआरएन नवौं महाधिवेशनबाट २०१९-२०२१का लागि निर्विरोध निर्वाचित भएको थियो । मध्यपूर्व उपसंयोजक अर्याललाई रियादस्थित नेपाली दूतावासमा एक कार्यक्रम गरी बधाई तथा शुभकामना दिएको छ ।
सहसंयोजक अर्याललाई बधाई तथा शुभकामना दिने क्रममा साउदीका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्र सिंह राजपूतले साउदीमा रहेको नेपालीहरूको हितमा गरिने सामाजिक कार्यहरूमा दूतावासको एनआरएनलाई साथ, सहयोग रहने बताए । कार्यक्रममा नेपाली दूतावासका नियोग उप प्रमुख दिलीप पौडेल, श्रम सहचारी अम्बिका प्रसाद अधिकारी, लगायत रहेको थियो ।त्यसैगरी साउदी एनआरएनका संस्थापक सदस्य राजु सैयदसँगै एनआरएनए साउदीका पदाधिकारीहरूको उपस्थितिरहेको थियो ।
त्यसै दिन नै नेपाली काङ्ग्रेसका प्रवास सङ्गठन जनसम्पर्क समिति साउदी अरेबियाले पनि रियादस्थित एक कार्यक्रम गरी नवनिर्वाचित एनआरएन मध्यपूर्व सहसंयोजक अर्याललाई सम्मान गरेको थियो ।उक्त कार्यक्रममा समितिका अध्यक्ष दिपक रेग्मी, महामन्त्री सुरेश राज त्रिपाठी लगायत कार्यसमितिका पदाधिकारीहरूको उपस्थित रहेको थियो ।
सोही दिन नेकपाका प्रवास सङ्गठन प्रवासी नेपाली एकता मञ्च साउदी अरेबियाले पनि कार्यक्रम गरी नवनिर्वाचित एनआरएनए आइसिसी मध्यपूर्व सहसंयोजक अर्याललाई सम्मान गरेको थियो । मञ्चका अध्यक्ष शिवराज जैशी सभापतिरहेको कार्यक्रम राजु खनालले सञ्चालक गरेको थियो । कार्यक्रममा वक्ताहरूले अगामी दिनमा नेपाली श्रमिकहरूको हितमा काम गर्न एनआरएन साउदीसँग समन्वय र सहकार्य गरेर जानुपर्ने बताए ।