मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

पूर्णिमा विकास बैंकको नाफा १८ लाखले घट्यो

बुधबार, बैशाख ११ २०७६

काठमाडौं(जस)–पूर्णिमा विकास बैंकको नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ लाख रुपैयाँले घटेको छ । यो बैैंकले गरेको नाफा गत वर्षको सोही अवधिसम्ममा तुलना गर्दा बैंकको नाफा घटेको हो । बैंकले गत आवको तेस्रो त्रैमाससम्ममा ५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो भने चालू आवको सोही अवधिसम्ममा भने जम्मा ५ करोड ६७ लाख रुपैयाँ मात्रै नाफा कमाउन सफल भएको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यो बैंकको चुक्ताँ पुँजी ५५ करोड १२ लाख रुपैयाँ रहेको छ ।
यसले चालू आवको तेस्रो त्रैमाससम्मा ३ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यसले यो अवधिमा गरेको कर्जा प्रवाह ३ अर्ब १२ करोड छ । यसले व्याज आम्दानीबाट ३३ करोड १२ लाख कमाएको र व्याज वापतको खर्च १८ लाख ९४ हजार रुपैयाँ गरेको छ । यसको संचालन नाफा भने ८ करोड ८४ लाख रुपैयाँ छ । यो वित्तीय संस्थाको प्रतिशेयर आम्दानी १३७३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६.७६ रुपैयाँ रहेको पनि उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार