मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

सगरमाथा इन्स्योरेन्सको बीमालेख मोबाइलबाटै खरिद गर्न मिल्ने

बुधबार, बैशाख ११ २०७६

काठमाडौं(जस)–सगरमाथा इन्स्योरेन्स कम्पनीले हालसम्म बिक्री गर्दै आएका बीमालेखहरु मोबाइलबाटै खरिद गर्न मिल्ने भएको छ । ‘इन्स्योरेन्स डिजिटल्ली’ नामाङ्कन गरिएको उक्त प्रोडक्ट मार्फत बीमालेखहरुलाई सूचना प्रविधिसँग एकाकार गर्ने उदेश्यकासाथ जनस्तरसम्म पृु¥याउने ध्येयकासाथ ल्याइएको जनाएको छ ।
बुधबारबाट नेपालमै निर्जिबन वीमा उद्योगको क्षेत्रमा पहिलो पटक कम्पनीले बिक्री गर्दै आएका बीमालेखहरु मध्ये प्रथम चरणमा मोटर साईकलको तेस्रो पक्ष बमिालेख, घर बीमालेख, दुर्घटना बीमालेख र ट्राभलर्स मेडिक्लेम बीमालेखलाई अनलाइन पोर्टल मार्फत मोबाइल एपको माध्यमबाट बीमालेख खरिद गर्न सक्ने ब्यबस्था मिलाएको छ । इन्स्योरेन्स डिजिटल्ली’ सेवाको बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाँई र कम्पनीका अध्यक्ष आर.के मानन्धरबाट एक होटलमा आयोजित कार्यक्रमकाबीच उद्घाटान गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार