शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

लमजुङ सेवा समाज कतारको शुभकामना आदानप्रदान तथा सांगीतिक रमाइलो बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटोफिचर)

बुधबार, बैशाख ११ २०७६

कतार, ११ बैशाख । “दु:ख सुख मा साथ लमजुङ सेवा समाज” भन्ने मुल नाराका साथ कतार लाई कर्म थलो बनाउदै आएका लमजुङ्गे हरु को साझा संस्था लमजुङ सेवा समाज कतार ले अप्रिल १९ तारिख(वैशाख ६ गते) नेपाली नयाँ वर्ष २०७६ साल को अवसर पारी शुभकामना आदानप्रदान तथा सांगीतिक रमाइलो बनभोज कार्यक्रमको आयोजना गरेको छ ।

दोहा शहर भन्दा केही पर रहेको कतार का शुन्दर पार्क मध्येमा पर्ने शुन्दर अल दोसरी पार्क को सभाहल मा आयोजना गरेको उक्त कार्यक्रम का प्रमुख अतिथी सस्थाकै संरक्षक पुर्ण बहादुर पोखरिया थिए । विशेषगरि लमजुङ्गे हरु को दु:ख सुख आपस मा भेटेर साटासाट र नयाँ बर्ष को शुभकामना आदानप्रदान गर्ने हेतुका साथ आयोजना गरिएको उक्त कार्यक्रम सुरु गर्नु पुर्व गत हफ्ता कतार मा नै कार्यरत लमजुङ निवासी इन्द्र दवाडी को आफ्नै निवास स्थल मा सुतेकै क्रम मा असामयिक निधन भएका ले त्यो दुख लाई आत्मसात गर्दै मृतक को आत्माचिर शान्तिको कामना गर्दै परिवार प्रती समवेदना व्यक्त गर्दै एक मिनेट मौन धारणा गरि कार्यक्रम सुरुवात गरिएको थियो ।

त्यसलगतै दुख लाई शक्ति मा बदल्दै औपचारिक कार्यक्रम उपस्थित अतिथी गण लगायत सम्पुर्ण बाट नेपाली रास्ट्रगान वाचन संगै प्रमुख अतिथी बाट दिप प्रज्वलन गरि कार्यक्रम को उद्घघाटन गरिएको थियो । उपस्थित सम्पुर्ण को स्वागत गर्दै सस्थाको छोटो परिचय संगै नयाँ बर्ष को शुभकामना सहित सस्थाका तृतीय उपाध्यक्ष बिनोद प्रसाद वसौला ले सम्पुर्ण उपस्थित अतिथी गण दर्शक हरु प्रती सस्थागत रूपमा स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रम नितान्त आन्तरिक भएका ले नेपाल बाट आमन्त्रित गायिका सुनिता अधिकारी विशेष अतिथी,सस्थाका प्रमुख सल्लाहकार बिष्णुलाल श्रेष्ठ लगायत सस्थाका सल्लाहकार सदस्य हरु शिवराज गौतम,युग्दजङ्ग गुरुङ,रविन्द्र गुरुङ,प्रवीण श्रेष्ठ, सस्थाकै मातहत मा संचालित लमजुङ वचत समूह का संयोजक यु एन कडरिया लगायत कार्यक्रम आन्तरिक भएता पनि गण्डकी प्रदेश भित्र का कतार मा स्थापित जिल्ला सस्था का अध्यक्ष हरु क्रमश म्याङ्दी मोना बाट तिलु शर्मा,गोर्खा सेवा समाज का राजेश्वर ढकाल,स्याङ्जा बाट उपाध्यक्ष घनश्याम,पर्वत समाज का सविन्द्र श्रेष्ठ,वागलुङ सेवा समाज कतार का प्रमुख सल्लाहकार केदार शर्मा,साथै काभ्रे का अध्यक्ष नारायण विस्ट,तमु सास्कृतिक परिवार का अध्यक्ष मदन गुरुङ,सामाजिक अभियन्ता तथा व्यवसायी राकेश श्रेष्ठ लगायत का ब्यक्तित्व हरु को उपस्थिति थियो ।

करिब २५0 भन्दाबढी लमजुङ्गे हरु को उपस्थिति रहेको उक्त कार्यक्रम मा स्थानिय लमजुङ्गे नृत्यङ्गना सोनिका गुरुङ को स्वागत नृत्य बाट सुरुवात गरिएको सास्कृतिक कार्यक्रम मा क्रमश सस्थाकै गायक अमृत वि.क र गायिका सुमित्रा शाही ठकुरी ले आफ्नो प्रस्तुती राख्दै कार्यक्रम लाई सांगितिक माहोल तिर लगेका थिए । कतार का युवा पुस्ता माझ निकै चर्चित द रेन्ज ब्यान्ड का प्रमुख गायक नवराज श्रेष्ठ लाई सस्थाकै कुशल गितार वाधक एवं गायक राज श्रेष्ठ को साथ ले केही युवा पुस्ता माझ लोक प्रिय गित ले दोसरी पार्क नेपाली गित संगितमय बनेको थियो यो बिच मा उपस्थित जिल्ला सस्थाका प्रतिनिधित्व गर्दै मोना कतार का अध्यक्ष तिलु शर्मा ले लमजुङ सेवा समाज संग को सहकार्य बारे केही भनाइराख्दै नयाँ बर्ष को शुभकामना साटेका थिए। सस्था कै डान्सर तथा मोडल राज लोपचन र मन्जिला गुरुङ को नृत्य ले पुन साङ्गितिक माहोल तिर तात्दै गर्दा आमन्त्रित गायिका सुनिता अधिकारी का चर्चित आफ्नै आधा दर्जन भन्दा बढी गित र केही अन्य सर्जक का गित गाउदै करिव १ घण्टा दोसरी मा उपस्थित लमजुङ्गे ले नाचेर रमाइलो लिए ।

यस अघिका सस्थाले आयोजना गरेका कार्यक्रम हरुमा र सास्कृतिक प्रस्तुती दिई सहयोग गरेका कलाकार हरु तमु सास्कृतिक परिवार का कलाकार हरु,तामाङ कलाकार संघ का कलाकार हरु,नेपाली कलाकेन्द्र का कलाकार संगै सोही दिन प्रस्तुती दिएका द रेन्ज ब्यान्ड का कलाकार लगायत सस्थाका कलाकार हरुलाइ समेत प्रमुख अतिथी बाट खादा र सस्थाका अध्यक्ष बाट प्रंशसा पत्र दिएर सम्मान गरिएको थियो । सोही कार्यक्रम मा शुभकामना मन्तव्य राख्दै सस्था का पुर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार बिष्णु लाल श्रेष्ठ ले आफुले दुई कार्यकाल सस्थाको अध्यक्ष पद मा रहेर नेतृत्व गर्दै गर्दा का अनुभव हरु लमजुङ्गे माझ बाढ्दै सस्थामा आवद्व हुन सम्पुर्ण लमजुङ्गे हरु लाई अपिल गरेका थिए ।दुख मा सस्था सबैलाइ जरुरत पर्ने रहेछ तसर्थ हामी सुख र खुसी रहदा पनि सस्थालाइ सम्झन सक्नु पर्छ यो सबैको साझा हो यो विशुद्ध छ र रहिरहन समेत अहिले का कार्य समिती का साथी हरुलाइ अनुरोध गर्छु उनको भनाइ थियो ।

उनले कार्यक्रम सफलता को शुभकामना सहित सस्थालाइ मंच बाटै ३०१ रियल आर्थिक सहयोग समेत गरेका थिए । उपस्थित दर्शक को माग पुन साङ्गितिक कोसेलि नै सुन्न हेर्न आतुर भएका कारण सस्था कै गित संगितका सर्जक मंगल वि क का केही चर्चित गित ले दर्शक नचाएका थिए । सस्थाका नव गायक रविन्द्र घिमिरे को प्रस्तुती मा लमजुङ्गे युवा पुस्ता झुम्दै थिए त पवन थापामगर को नृत्य मा ताली ले साथ दिइरहेका थिए ।कतार का नेपाली कार्यक्रम हरुमा अब्बल सास्कृतिक प्रस्तुती राख्ने गायक निनल गुरुङ का केही गित मा रम्दै तमु सास्कृतिक परिवार का कलाकार को बेजोड नृत्य ले साहानिया दोसरी पार्क नेपाली गित संगितमय बनेको थियो ।

नेपाल बाट आमन्त्रित गायिका सुनिता अधिकारी केवल गायिका मात्रै नभएर अब्बल कुशल नृत्यङ्गना समेत रहेको पुष्ठि उनको कुशल प्रस्तुती ले उपस्थित दर्शक छक्क परे बहु प्रतिभाकी धनी सुनिता ले कार्यक्रम आयोजक सहित उपस्थित दर्शक लाई धन्यवाद दिएकी थिइन सस्थाका संरक्षक तथा कार्यक्रम का प्रमुख अतिथी पुर्ण बहादुर पोखरिया ले सस्थालाइ यो स्थान सम्म ल्याउन को जटिलता,विगत का समस्या र सस्थामा लाग्दै गर्दा आफुलाई आफ्नो परिवार संग नै रहेको छु भन्ने भान हुने गरेको र सस्थामा लाग्दै गर्दा आफ्नो ब्यक्तिगत स्वार्थ र केही साथी भाइ को स्वार्थ र ब्यक्तिहाबि भएर सस्था चल्न नसक्ने र यस्ता कुरा ले सिङ्गो सस्था र समुदाय लाई पुराएका नकारात्मक उदाहरण हरु दिदै लमजुङ सेवा समाज मा हाल सम्म यस्ता नकारात्मक सोच र मानसिकता ले प्रवेश नपाएको र सदैव सामाजिक कार्य मा निस्वार्थ भइ लागिरहन पर्ने मा जोड दिदै आमन्त्रित कलाकार लाई दोहा मा स्वागत गर्दै प्रस्तुति का लागि धन्यवाद ब्यक्त गर्दै आयोजक कार्यसमिती लमजुङ्गे हरु प्रती धन्यवाद का साथ कार्यक्रम पुर्ण सफलता को शुभकामना दिदै ५०० रियल आर्थिक सहयोग समेत गरेका थिए ।

लमजुङ जिल्ला आफैमा लोक संगित का सर्जक हरुको धनी जिल्ला त्यही जिल्लावासी को कार्यक्रम तसर्थ कार्यक्रम को अन्तिम चरण मा आमन्त्रित गायिका सुनिता अधिकारी संग रमाइलो ठट्यौली गाउँ घर कै भाका मा लेक वेशी गर्दा मेलापात जादा गाइन गाइने भाका अनि रोधी मा गाइने दोहोरी को झल्को दिलाउदै सस्था का सदस्य लेख विलास विसुराल संग करिव एक घण्टा दोहोरी घम्साघम्सी चलेको थियो । कार्यक्रम को अन्त्यमा सस्था का अध्यक्ष नवराज नखोला ले आफ्नो कार्यकाल को पहिलो कार्यक्रम मा उपस्थित जनाउनु भएका सम्पूर्ण प्रती हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यक्रम सफल बनाउन आर्थिक भौतिक नैतिक रूपमा सहयोग गर्नु हुने यातायात खाना व्यवस्थापन,सास्कृतिक कार्यक्रम मा खटिनु हुने सम्पुर्ण सदस्य हरु प्रती हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यक्रम मा आउनु भएका नया लमजुङ्गे हरु लाई सस्थामा आवद्ध हुन का लागि अपिल गर्दै आफू नेतृत्व मा रहदै गर्दा कतार मा रहेका हरेक लमजुङ्गे हरु सम्म सस्थागत रूपमा समन्वय गरेर अघि बढ्न अत्यन्तै उत्साहित रहेको र सबै बाट साथ सहयोग र हातेमालो को अपेक्षा समेत आफुले राखेको बताए ।

कार्यक्रम सफल बनाउन लमजुङ्गे हरु को उपस्थिती ले आफुलाइ थप उत्साह मिलेको र आगामी दिनमा यस्तै साथ सहयोग को अपेक्षा गर्दै कार्यक्रम को दौरान मा केही कमिकमजोरि भए आगामी दिन मा यहाँ हरु को सुझाव लाई मनन गर्दै अघि बढ्ने प्रतिबद्धता सहित कार्यक्रम का लागि १५० रियल आर्थिक सहयोग गर्दै अन्य सहयोगी दाता क्रमश -सिताराम थापा १०१ रियल,बुद्धिसागर सुवर्णकार ५० रियल,बिनोद प्रसाद वसौला ५० रियल,युवराज गुरुङ ५० रियल,यु एन कडरिया १०१ रियल,विनोद थापा मगर ५०,शिव रसायली १०१/-कल्याण थापा१००/- जनक कार्की १००/-कृष्ण गुरुङ ५०/-हरि गुरुङ ५0/-सम्सुदिन मिया ५0/-डिल्लिराम घिमिरे ६०/-विनयराज मिश्र-१००/- लाई हार्दिक धन्यवाद ब्यक्त गर्दै सस्था का सह कोषाध्यक्ष र उनको धर्मपत्नी दिलमाया थापा को सातौं वैवाहिक वर्ष गाठ को खुसी मा उपस्थित दर्शक महानुभाव हरुलाइ स्वादिष्ट सेल खुवाउनु भएको मा वहाँ हरु द्वय प्रती हार्दिक शुभकामना सहित धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रम सभ्य भब्यता का साथ सफल पार्दै अप्रिल २० तारिख दोहा नज्मा स्थित गोर्खा रेस्टुरेन्ट को सभा हल मा लमजुङ्गे हरुको समुस्पथिति मा नेपाल बाट आमन्त्रित अतिथी कलाकार सुनिता अधिकारी लाई सस्थागत रूपमा सम्मान सहित बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार