शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन बुधबारदेखि

सोमबार, कार्तिक २५ २०७६

काठमाडौं(जस)–नेपाल ब्याडमिन्टन संघको आयोजना नेपालमा पहिलो पटक ‘योनेक्स–सनराईज नेपाल ईन्टरनेशनल च्यालेन्ज २०१९’ बुधबार देखि काठमाडौँमा हुने भएको छ । नेपाल ब्याडमिन्टन संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी गराएको हो । प्रतियोगितामा नेपाल लगायत २१ राष्ट्रका १४९ खेलाडीहरुले कुल ५ विधामा प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुष तथा महिला एकल तथा युगल र मिश्रीत युगल तर्फ प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । पुरुष एकलमा विश्व बरियतामा ५८ औं स्थानमा रहेका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने महिला एकलमा ३८ औं बरियताकी खेलाडीले प्रतिस्पर्धा गर्ने्छिन् । यस्तै पुरुष युगलमा २७ औं, महिला युगलमा ३ औ र मिक्स युगलमा ४४औं स्थानका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
करिव ६८ लाख ७५ हजार अनुमानित लागत रहेको च्यालेन्जमा २५ हजार डलर पुरस्कार राशी रहेको छ । जसमा राष्ट्रिय खेलकुद परिषद्ले २० लाख, योनेक्स सनराईजले ६ हजार, ब्याडमिन्टन एशियाले ११ हजार डलर सहयोग गर्ने र बाँकी रकम ब्याडमिन्टन खेलप्रेमी संघसंस्था र ब्यक्तिहरुबाट सहयोग जुटाईने समेत पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
च्यालेन्जमा पुरुष तथा महिला एकल तर्फ विजेताले नगद १८७५ युएस डलर, उपविजेताले ९५० डलर, तेश्रोले ३६२.५० डलर, अन्तिम ८ प्रवेश गर्नेले १५९ डलर तथा अन्तिम १६ मा प्रवेश गर्नेले ८७.५० डलर प्राप्त गर्नेछन् । यस्तै पुरुष÷महिला तथा मिश्रीत युगल तर्फका विजेताले १ हजार ९ सय ७५ डलर, उपविजेताले ९ सय ५० डलर, तेश्रोले ३ सय ५० डलर, अन्तिम ८ मा प्रवेश गर्नेले १ सय ८१.२५ डलर र अन्तिम १६ मा पुग्नेले ९३.७५ डलर प्राप्त गर्नेछन् । खेलाडी तथा अफिसियलको खाने बस्ने ब्यवस्था आयोजक आफैले गर्ने समेत संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित समाचार