मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

अवैध शुल्क फिर्ता दिन मेडिकल कलेजलाई १५ दिने अल्टिमेटम

सोमबार, कार्तिक २५ २०७६

काठमाडौँ, २५ कात्तिक । विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता दिन मेडिकल कलेजलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफ्ना विद्यार्थीहरुको माग सम्बोधन गर्न निजी मेडिकल कलेजहरुलाई आग्रह गरे । चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषदका निर्णय कार्यान्वयन गर्न अन्तिम पटक आग्रह गरिएको उनले बताए ।

१५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार नै पत्र लेख्ने शिक्षा मन्त्रालयको तयारी छ ।

तालाचाबी बुझाइदिन्छौं भनेको भरमा निजी मेडिकल कलेजहरु उम्कन नपाउने मन्त्री पोखरेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार