शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनआरएनए कतारको विवाद अन्त्य, एकता महाधिवेशन गर्ने सहमति

शनिबार, असार २८ २०८२

काठमाडौँ(जस)–गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारको नेतृत्वमा लामो समयदेखि देखिएको विवाद अन्त्य गर्न दुुई पक्षबीच औपचारिक सहमति भएको छ । वर्तमान कार्यसमिति र सुनील घिमिरे नेतृत्वको समूहबीच एकता महाधिवेशनको माध्यमबाट संगठनलाई एक ढिक्का बनाउने सहमति जुटेको हो । दुवै पक्षले एक सहमति पत्रमा हस्ताक्षर गर्दै आगामी ११औं राष्ट्रिय महाधिवेशनलाई ‘एकता महाधिवेशन’को रूपमा सफल पार्ने प्रतिबद्धता जनाएका छन् ।
सहमति पत्रमा एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, प्रथम उपाध्यक्ष तथा वार्ता संयोजक कृष्ण पन्थी र युवा संयोजक टोकल लामाले हस्ताक्षर गरेका छन् । सुनील घिमिरे पक्षबाट भने आइसीसी सदस्य सुरेश भट्ट, कार्यवाहक अध्यक्ष कल्याण थापा र सदस्य वुधवल गुरुङको हस्ताक्षर रहेको छ । सहमति अनुसार, दुवै पक्षले महाधिवेशनलाई एकताको अवसर बनाउँदै आफ्नो जिम्मेवारीअनुसार काम सुरु गर्नेछन् ।
परिषद् सदस्यहरूको नामावली संकलन गर्ने उद्देश्यसहित नयाँ पोर्टल निर्माण गर्ने र यही प्रणालीमार्फत नयाँ कार्यसमिति चयन प्रक्रिया अघि बढाउने तयारी छ । त्यस्तै, सर्वोच्च अदालतको निर्देशनमा गठित उच्चस्तरीय समितिद्वारा गत मे ३ देखि ५ सम्म सम्पन्न आइसीसी एकता महाधिवेशनमा सहभागी कतारस्थित सम्पूर्ण परिषद् सदस्यहरूलाई आगामी महाधिवेशनमा अद्यावधिक गरिनेछ । दुवै पक्षले वर्तमान संक्रमणकालीन परिस्थितिलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) मा देखिएको विवाद समाधान नहुँदासम्म सर्वोच्च अदालतको अन्तिम निर्णयको सम्मान गर्दै दुबै पक्षलाई समान व्यवहार गरिने र अदालतको निर्णयअनुसार बनेको आइसीसीसँग मात्रै आधिकारिक सम्झौता गरिने सहमति समेत जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार