बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

राप्ती नदीमा फसेका तीन जनाको उद्धार

बिहिबार, असार २६ २०८२

बाँके, २६ असार । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदीमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ ।

गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदीमा एक्कासी आएको बाढीका कारण नदीमा बिच टापुमा फसेका थिए । सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बुधबार सकुशल उद्धार गरेको सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उद्धार गरिएकाहरुमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार