बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

पत्रकार दिलभुषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित, थुनछेक बहस हुने

बिहिबार, असार १९ २०८२

काठमाडौं, १९ असार । पत्रकार दिलभुषण पाठकविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता भएपछि उनी जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ को (१) बमोजिम सजाय माग दाबी गर्दै सोमबार मुद्दा दायर गरेको थियो ।

पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ (१) अनुसार सजाय दाबी गरिएको छ । उक्त दफा अनुसार, एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
गत जेठ २८ गते पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटल खरिद गर्न लागेको भिडियो सामग्री प्रसारण गरेका थिए । युट्युबाट सार्वजनिक गरिएको भिडियो आधारहीन रहेको दाबीसहित जयवीरका तर्फबाट उजुरी परेपछि साइबर ब्युरोले अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

तर, असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यही कारण पाठकलाई पक्राउ नगरी मुद्दा दायर गरिएको हो । उनी आज बिहान ९ बजे नै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । आजै उनको थुनछेक बहस हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार