शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ललितपुरमा ‘मेयर कप’ टेवलटेनिस प्रतियोगिता हुने

मंगलबार, कार्तिक १९ २०७६

ललितपुर (जस)–ललितपुरको नागबहालमा ‘दोस्रो मेयर कप’ टेबलटेनिस प्रतियोगिता आयोजना हुने भएको छ । ललितपुर महानगरपालिकाको १६ नम्बर वडाको संयोजनमा यही कार्तिक २३ गते शनिबारदेखि कार्तिक ३० गतेसम्म वडा स्तरीय सो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै टेबलटेनिस खेलका प्रशिक्षक राजेन्द्र कपालीले स्थानीय वडा तहका करिब ४ सयभन्दा बढि महिला तथा पुरुष खेलाडीहरुको सो प्रतियोगितामा सहभागिता हुने जानकारी दिए । प्रतियोगितामा सिंगल ईभेन्टमा प्रथम हुने खेलाडीलाई १० हजार, द्धितीय हुने खेलाडीलाई ५ हजार र तृतिय हुने खेलाडीलाई ३ हजार नगदसहितको पुरस्कार दिने पनि घोषणा गरिएको छ । सो खेलकुद प्रतियोगिता सञ्चालनका लागि करिव ८ लाख ५० हजार बजेट लाग्ने अनुमान पनि गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार