शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

रास्वपाका सांसदहरूले सभामुखको आसनअगाडि जुत्ताचप्पल खोलेपछि …

सोमबार, असार २ २०८२

काठमाडौं, २ असार । नेकपा (एमाले) का सांसद दामोदर पौडेल बैरागीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सभामुखको आसनअगाडि जुत्ताचप्पल खोलेपछि नियमापत्ति जनाएका छन् ।

भिजिट भिसा प्रकरणमा छानबिन बनाउपर्ने मागसहित रास्वपाले वेल घेराउ गरेर विरोध गरिरहेको छ । उनीहरूले वेलमै जुत्ताचप्पल खोलेर ध्यान बसेको शैलीमा मौन विरोध जनाएका थिए ।

उनीहरूले वेलमै जुत्ताचप्पल खोलेर ध्यान बसेको शैलीमा मौन विरोध जनाएका थिए ।

एमाले सांसद बैरागीले आन्दोलन गर्दा सभामुखको आसनअगाडि जुत्ताचप्पल राखिनु संसदीय मर्यादाविपरीत भएको भन्दा सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुखको आसनमा उपसभामुख इन्दिरा राना थिइन् । उनले आफ्नो ध्यानाकर्षण भइसकेकाले बस्न आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार