आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेपालको जितमा विनोदको अर्धशतक

सोमबार, कार्तिक १८ २०७६

काठमाडौं (जस)–नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको एकदिवसीय क्रिकेटमा नेपालले जित निकालेको छ ।किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले एमसीसीलाई ५ विकेटले पराजित गरेको हो नेपालको जितमा विनोद भण्डारीले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन बनाएको थियो ।

एमसीसीका विल रोड्स र विलि गोडलम्यानले अर्धशतकीय इनिङ्स खेले । रोड्सले ५४ रन जोड्दा गोडलम्यानले ५२ रन बनाए ।यस्तै विल भेन्डेस्पर ३६ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११ रन बनाए ।नेपालका पवन सर्राफ र ललित नारायण राजवंशीले समान ४–४ विकेट लिए । करण केसी र अविनास बोहराको नाममा १–१ विकेट रह्यो ।अब नेपालले एमसीसीसँग तीन दिवसीय खेल खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार