काठमाडौं(जस)–एमएडब्लु वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा नयाँ फोटोन माउन्टेन ईलेक्ट्रिक स्कूल भ्यानहरू हस्तान्तरण गरेको छ, जसले वातावरणमैत्री यातायाततर्फ स्कूलको महत्वपूर्ण कदमलाई दर्शाउँछ । यो औपचारिक साँचो हस्तान्तरण कार्यक्रम काठमाडौंमा आयोजना गरिएको थियो, जसमा एमएडब्लु वृद्धि र जेभियर स्कूलका प्रतिनिधिहरूको उपस्थिति थियो ।
फोटोन माउन्टेन इभी एक आधुनिक, प्रदूषणमुक्त भ्यान हो, जुन भरपर्दो प्रदर्शन, सहजता र ऊर्जा दक्षताको लागि डिजाइन गरिएको छ । विशेषगरी विद्यालयका विद्यार्थीहरूको सुरक्षित र भरपर्दो यातायातका लागि उपयुक्त । यसमा ५३.५८ किलोवाटको सीएटीएल ब्याट्री र १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ३३० एनएम सम्मको टर्क दिन्छ र चुनौतिपूर्ण बाटाहरूमा सहजता प्रदान गर्छ । यसले उकालो चढ्नका लागि २५ प्रतिशत ग्रेडियाबिलिटी क्षमतासहित पहाडी तथा सहरी बाटोहरूमा सहजता प्रदान गर्छ ।
यो भ्यानको चौडा भित्री भाग, कम सञ्चालन खर्च र वातावरणमैत्री प्रविधिले जेभियर ईन्टरनेसनल स्कुलजस्ता विद्यालयका लागि दीर्घकालीन र स्मार्ट समाधान बनाएको छ । यी भ्यानहरू एमएडब्लु वृद्धिका सीईओ तुषार गुप्ता र सेल्स हेड नवीन आचार्यले विद्यालयलाई हस्तान्तरण गरेका हुन् । एमएडब्लु वृद्धि, नेपालमा फोटोन मोटर्सको आधिकारिक आयातकर्ता कम्पनी हो । यो कदमले विद्यालयको दिगो विकासप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गर्दछ । फोटोन माउन्टेन इभीको उत्कृष्ट प्रदर्शन, न्यून सञ्चालन लागत र शून्य प्रदूषण क्षमताले यसलाई विद्यालय यातायातका लागि आदर्श विकल्प बनाएको छ । यस्ता इभी भ्यानले विद्यार्थीहरूलाई सुरक्षित र आरामदायी रूपमा ओसारपसार गर्नुका साथै विद्यालयको कार्बन उत्सर्जन घटाउन सघाउँछन् ।
ईलेक्ट्रिक मोबिलिटीलाई आत्मसात गरेर, जेभियरले आफ्नो लजिस्टिक्स पूर्वाधारमा सुधार गर्दैछ र अन्य साझेदारहरूको लागि पनि एक उत्कृष्ट मोडेल स्थापित गर्दैछ । हस्तान्तरण कार्यक्रममा तुषार गुप्ताले विद्यालयलाई नयाँ सोच कार्यान्वयन गरेकोमा धन्यवाद दिँदै भने, ‘हामी जेभियर इन्टरनेशनल स्कूलसँगको यस सहकार्यमा गर्व गर्छौं । यी इभी स्कूल भ्यानहरूले आधुनिक यातायातका आवश्यकताहरू पूर्ति गर्नुका साथै वातावरणको पनि ख्याल गर्छन् ।’ त्यसैगरी, नवीन आचार्यले भने, ‘फोटोन माउन्टेन इभीले सुरक्षा, दिगोपन, स्पेस र दक्षता सबै संयोजन गरेको छ । हामी आशावादी छौं कि यो सहकार्यले विद्यार्थी, अभिभावक र सम्पूर्ण समुदायलाई नै फाइदा पु¥याउनेछ ।
जेभियर इन्टरनेशनल स्कूलका प्रतिनिधिहरूले पनि यो नयाँ चरणप्रति उत्साह व्यक्त गरे । उनीहरूले वातावरणमैत्री रहँदै उत्कृष्ट शिक्षा दिने आफ्नो चाहना रहेको बताए । त्यसका लागि नै इभीमा लगानी गर्ने महत्त्वपूर्ण निर्णय गरिएको बताए । यो कदमसँगै जेभियर इन्टरनेशनल स्कूल नेपालमै ठूलो संख्यामा इभी प्रयोग गर्ने पहिलो शैक्षिक संस्था बन्न पुगेको छ । यो कार्यक्रमले गाडी हस्तान्तरण मात्र नभई सफा र स्मार्ट भविष्यतर्फको साझा दृष्टिकोणलाई पनि उजागर गरेको छ ।