कतार। गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहाको सनैया स्थित ओइलफेयर रेस्टुरेन्टको सभाहलमा शुक्रवारका दिन भव्य रुपमा सम्पन्न भएको छ।
गोरखा सेवा समाजका अध्यक्ष ओमराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ग्लोवल गोरखा समाजका उपाध्यक्ष, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपुर्व उप-संयोजक श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो।
सन् २००३ मा स्थापना भएको गोरखा सेवा समाज कतारको नेपाली समुदायको अग्रणी संस्था हो। स्थापनाकाल देखि नै परोपकारी सामाजिक कार्यमा अग्रसर रहेको यो संस्थाले जिल्ला अस्पतालमा एउटा इसिजी मेसिन, चारवटा स्ट्रेचर बेड, विद्यालय भवन निर्माणमा सहयोग गर्दै हाल पच्चीस लाखको अक्षयकोष खडा गरि जिल्लाका विभिन्न विद्यालयका विपन्न, असहाय र संरक्षित बालबालिकाहरुलाइ सहयोग गर्दै आइरहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो।

नेपाली कला भाषा र संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्न मनकामना कला केन्द्र सञ्चालनमा ल्याइ कलाकार उत्पादन र मौलिक कल्चरको जगेर्ना गर्न सफल भएको संस्थाका संरक्षक बुधबल गुरुङले बताएका थिए। समाजले जिल्ला भित्रका सडक गल्लिहरुमा भौँतारिरहेका बेसाहाराहरुलाइ सेवा गर्न मानव सेवा आश्रमसंग हातेमालो गर्दै विभिन्न जनचेतनामूलक , ज्ञानवर्दक र मानव मुक्त गोरखा बनाउन चरणद्ध रुपमा काम गर्दै आइरहेको र भर्खरै मात्र पनि मानव सेवा आश्रमलाई पाँच लाख एघार हजार एक सय एघार रुपैयाँ हस्तान्तरण गरेको राकेश श्रेष्ठले जानकारी दिए।

प्रमुख अतिथि भट्टराईले २००३ मा स्थापना भएर वर्तमानसम्म आइपुग्दा समाजले गरेको योगदान लाई हृदयङ्गम गर्दा आफू गौरवान्वित भएको बताउँदै संस्थाले गरेका कामहरुको प्रंशसा गरेका थिए ।
समाज कतारको १३ औं अधिबेशनबाट ०२५–०२७ कार्यकालको लागि विकास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचति भएको छ । जसमा वरिष्ठ उपाध्यक्ष अर्जुन संग्रौला, उपाध्यक्ष राजेन्द्र पराजुली र रामचन्द्र गिरि, महासचिव रुद्र बहादुर भट्ट, सचिब पवन गुरुङ र पुर्ण बहादुर गुरुङ, कोषाध्यक्ष अशोक श्रेष्ठ, सह कोषाध्यक्ष दिनेश थापा चयन भएका छन् ।
यसैगरी नगरपालिका तथा गाउँपालिका संयोजकहरुमा पालुङटार न.पा. नन्दलाल श्रेष्ठ, सिरानचोक गा.पा. सुर्य बहादुर गुरुङ, अजिरकोट गा.पा.राजु गुरुङ, शहिदलखन गा.पा. दिपक बि.क, सिरानचोक गा.पा. सुर्य बहादुर गुरुङ, जिरकोट गा.पा.राजु गुरुङ, र आरुघाट गा.पा.रश्मि गुरुङ छन् । यस्तै केन्द्रीय सदस्यमा दुर्गा भुजेल, मालती गुरुङ, मदन बखाती र प्रदिप मल्ल ठकुरी निर्वाचित भएका छन् ।