सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

अहिले देखा परेको राजनीतिक बिसङ्गति

शुक्रबार, जेष्ठ १६ २०८२

राजावादीको सडक प्रदर्शन जनताको अपमान हो । रायमाझी आयोगले अपराधि ठहर गरेका अपराधिलाई पुनः राज्यसत्ता फिर्ता गर्न माग गर्ने र जनतालाई शासित गराउन खोज्नु देशद्रोह हो र जनद्रोह हो । अपराध अनुसन्धान फाइल कार्यान्वयन नगरी थन्क्याएर राख्ने र फाईलमा दण्डित गर्नुपर्ने किटानी अपराधिका शासन जनतामा लाद्नु पनि जनताको अपमान हो । यो पराकाष्टको राजनीतिक बिसङ्गति हो ।

अपमानित जनतामा तिक्कता र बिद्रोही भावना छ । ज्ञानेन्द्रदेखि, पञ्च तथा भँडुवा संसदवादी अधिकांश नेतृत्वहरू थन्क्याइएका फाइलहरूमा समेटिएका अपराधिहरू हुन् । दण्डहीनताका कारण जनता उनीहरूकै शासन व्यहोर्न वाध्य पारिएका छन् । यो पनि राजनीतिक बिसङ्गति हो ।

बुर्जुवाहरू कोही पनि सत्य, न्याय र इमानकासाथ बोल्दैनन् र व्यवहार पनि गर्दैनन् । बुर्जुवाहरू गुलिया र मिठा कुरामा जनतालाई भुल्याउने गर्दछन् । नयाँ नयाँ अनुहारमा आएर जनतालाई झुक्याउने गर्दछन् । सम्वेदनशील बिषय उठान गर्ने र स्टनवाज गर्ने तरिकाबाट जनतालाई झुक्याइरहेका हुन्छन् । यतिसम्म कि कम्युनिस्टका नाममासमेत बुर्जुवाहरू जनतालाई झुक्याएर स्वार्थ पुरा गर्ने अवशरवादी चरित्र देखाउँने गर्दछन् । यो कारण पनि श्रमजिवी र सर्वहारा जनता झुक्किने र ठगिने गरेका छन् । यो राजनीतिक बेइमानी हो ।

राजा र हिन्दू राष्ट्र बन्दा ठिक हुन्छ ? यसो गर्दा चाहिँ देश बच्छ ? देश सुन्दर र शान्त हुन्छ ? यो सबै भोगिसकेको, आहात झेलिसकेको, देखेको र जानेको कुरा हैन र ? यो त पिछडिएको र दरिद्र चिन्तन भएन र ? दुस्मनको लुटको स्वर्गमा भोगिसक्दा पनि चेत नखुल्ने वा नचेत्ने त लास मात्र हुन्छ । आफैँ बिरुद्ध आत्मघाती कदम चाल्ने बिसङ्गतिपूर्ण व्यवहार गर्ने सोचाई त कसैलाई पनि नआओस् ।

देश बर्बाद भयो, धर्म नासियो, सम्मानित राजसंस्था फालियो, स्वर्ग जस्तो देश नर्क भयो आदि इत्यादी फलाक्ने सध्ये दिमागका मानिस नै हैनन् र हुन पनि सक्दैनन् । मानिसले त कुनै आधार र तथ्यमा रहेर बोल्छन् । कुनै तथ्यले ती प्रश्नमा उनीहरूले भनेजस्तो देखाउँछ ?

देश बर्बाद भयो, धर्म नासियो, सम्मानित राजसंस्था फालियो, स्वर्ग जस्तो देश नर्क भयो आदि इत्यादी फलाक्ने सध्ये दिमागका मानिस नै हैनन् र हुन पनि सक्दैनन् । मानिसले त कुनै आधार र तथ्यमा रहेर बोल्छन् । कुनै तथ्यले ती प्रश्नमा उनीहरूले भनेजस्तो देखाउँछ ?

व्यक्तिगत स्वतन्त्रता र कानुनीराज बिपरित अवको समाजमा कुनै पनि सामन्तीको, कुनै धर्मको, कोही खास व्यक्तिको, एकात्मक अत्याचारी शासन खोज्न पाईन्छ ? सामन्ती र अपराधिकै शासनमा जनतालाई भोक, रोग, दुःख, सास्ती, हैरानी, अभाव, असुरक्षा आदिमा पिल्स्याएर कठोर जीवन बाँच्नुपरेको बा–हजुरबा तथा बूढापाकाहरूका कुरा सुनेका छैनौ र वंश शासन जस्तो अत्यन्तै अन्यायपूर्ण कुरा खोजि गर्दैछौ ? जनतालाई आहातमा पारेर पिल्स्याउने तिम्रा माग जायज ठान्छौ ? जनतालाई रैती वा गुलाम बनाउने नीति लाद्न पाईन्छ ? जनताको अधिकार खोस्ने कुरा गर्न पाईन्छ ? जनताले वर्षौंवर्षसम्म कठोर वलिदानीपूर्ण सङ्घर्ष गरेर ल्याएको व्यवस्था र राज्यको नयाँ संरचना भत्काउने तिमीहरूको अधिकार हुन्छ ? ए अत्याचारी र अपराधिहरू हो, तिमीहरूको ढाड नभाँचेको र सडकमा खुलेआम हिंड्न दिएको जनता अब कमजोर भैसके भन्ने बुझ्छौ ?

वर्तमान बिसङ्गतिले भरिएको देखिन्छ । परिवर्तन भयो भनिन्छ, तर पुराना सोच अनि चिन्तनका मनिसकै दल ठूलो र प्रभावकारी बनिदिन्छ । त्यही दलका असफल भैसकेका नेतृत्व सरकारको नेतृत्व गर्न पुग्छन् जो अविवेकी, फजुलखर्ची, अनुत्तरदायी र बेकम्बा छन् । जनतामा उदासिनता यसले पनि भएको हो । यो भन्दा बढि त आयोग गठन गरेर छानविन गर्दा दोषी देखिएका अपराधिहरू शासन गर्न आउने तथा आउनखोज्ने प्रबृत्ति हो । यसले मानिसको मन पुरै मारेको छ । शासन गर्ने र शासित हुनेबीचको तालमेल नहुँदा जनताले मतदान गर्ने र छनौट हुने नेतृत्वबीच राम्रो सम्बन्ध स्थापित हुनसकेको छैन । यो बिसङ्गतिले अराजकतावादी मौलाएका छन् र संसदमा तिनको उपस्थितिले नीति निर्माण र कार्यान्वयन तहमा असर देखाएको छ । यो बिसङ्गतिको परिणाम हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार