सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो एमजी विन्डसर ईभी

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं(जस)–एमजीले भारतमा उत्पादन गरेको दोस्रो मोडलको एमजी विन्डसर ईभी पारामाउन्ट मोटर्सले नेपाल ल्याएको छ । कम्पनीले बजेट भाषणपछि बिक्री सुरू गर्नेगरी विन्डसरका दुई भेरियन्टमा नेपाल ल्याएको हो । भन्सार प्रयोजनको लागि प्रकाशित मूल्य अनुसार एक्सक्लूसिप र इसेन्स भेरियन्टमा उपलब्ध हुनेछ । जसको मूल्य क्रमशः ३९ लाख ४९ हजार र ४२ लाख ४९ हजार प्रकाशित गरिएको छ । एमजी विन्डसर लग्जरी र आधुनिक फिचरले भरिपूर्ण मोडल हो ।
यसमा चालक र यात्रुको सहजताको लागि वायरलेस चार्जर, अटोमेटिक एसी, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने फ्रन्ट सिट दिइएको छ । त्यसको अलावा पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् । एमजीले विन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । साथै, यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसको पीकटर्क २०० एनएम छ । सिंगल चार्जमा ३३१ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार