सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम’ जेठ २३ गतेदेखि बिक्री खुला हुँदै

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं(जस)–प्रभु क्यापिटलले जेठ २३ गतेदेखि ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम’ को इकाई बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँको दरले यो खुलामुखी म्युचुअल फन्ड योजनाको इकाई बिक्री गर्न लागेको हो । कुल ४ करोड इकाईमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवद्र्धक प्रभु बैंकलाई र अर्को ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ ।
बाँकी रहेको इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणलाई २ करोड ५० लाख इकाई बिक्री खुला गरिने प्रभु क्यापिटलले जनाएको छ । इकाई बाँडफाँड भएको ३ महिनाभित्र वितरक तोकिने योजना व्यवस्थापक प्रभु क्यापिटलले जनाएको छ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ३१ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यस इकाईमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार