सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

यी हुन् अर्थमन्त्रीले बजेट भाषणमार्फत उच्च घाटामा रहेको भनेका पाँचवटा सार्वजनिक संस्थान

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं, १५ जेठ । सार्वजनिक संस्थानहरूमध्ये पाँचवटा संस्थान उच्च घाटामा पुगेका छन् । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

आर्थिक सर्वेक्षणअनुसार नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, हेटौँडा सिमेन्ट उद्योग, जनक शिक्षा सामग्री केन्द्र र सार्वजनिक सेवा प्रसारण नेपाल उच्च नोक्सानीमा पुगेका छन् ।

यस्ता संस्थानको कुल नोक्सानको हिस्सा कुल नोक्सानको ६३.६३ प्रतिशत रहेको पाइएको छ । नेपाल वायुसेवा निगम १६ अर्ब ६८ करोड ७ लाख रुपैयाँबराबरको सञ्चित नाफा नोक्सानीमा पुगेको छ ।

यस्तै, नेपाल खानेपानी संस्थान १ अर्ब ११ करोड १४ लाख, हेटौँडा सिमेन्ट उद्योग १ अर्ब ५० करोड ६४ लाख, जनक शिक्षा सामग्री केन्द्र १ अर्ब १५ करोड ९६ लाख र सार्वजनिक सेवा प्रसारण २ अर्ब ४७ करोड ४ लाख रुपैयाँबराबरको नोक्सानी व्यहोरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार