आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बाजुराको जगन्नाथ गाउँपालिकामा पानी छोएको भन्दै दलित बालबालिकामाथि कुटपिट

शुक्रबार, जेष्ठ ९ २०८२

बाजुरा, ९ जेठ । जगन्नाथ गाउँपालिकामा होटलमा राखेको पानी छोएको भन्दै दलित बालबालिकामाथि जातिय विभेदसहित कुटपिट भएको पाइएको छ । बिहीबार दिउँसो सोही गाउँपालिकाको ३ मा रहेको बेर्मा बजार नजिकै स्थानीय बाँचा भण्डारीको होटेलमा पानी छोएको निहुँमा दलित समुदायका तीन बालबालिकालाई कुटपिट गरिएको खुलेको हो ।

होटलमा पानी छोएकै निहुँमा सामाजिक रुपमा खलल पुर्‍याउने जातीय विभेदका शब्द प्रयोग गर्दै गालीगलौजसहित कुटपिट गरेको पीडित प्रेम विकले बताए। बेर्मा बजारमा रहेको होटलकी सञ्चालक बाँचा भण्डारीले पानी छोएको भन्दै सोही गाउँपालिकाका ३ का प्रेम विक, अर्जुन विक र पवन विकलाई कुटपिट गरेको धनरुप कामीले बताए ।

यता ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रमेश रावलले बालबालिकाहरुले पानी पिएको र साहुनीको छोरीलाई जिस्काएको भन्ने आएको तर यथार्थ कुराका लागि दुबै पक्षलाई छलफलका लागि जुड्डी प्रहरी चौकीमा बोलाएको बताए। घटनास्थलमा रहेका अन्य प्रत्यक्षदर्शी र दुबै पक्षसँग छलफल गरेर यथार्थ कुरा बुझ्ने उनले बताए ।

यता होटेल व्यवसायी बाँचा भण्डारीलाई यस विषयबारे बुझ्न खोज्दा फोन उठेको छैन । प्रहरीमा आएको निवेदनका अनुसार होटेल व्यवसायी बाँचा भण्डारीले आफ्नो शरिरमा झुण्डिएर कुटपिट गरेको भन्ने निवेदनमा उल्लेख गरिएको बताइएको छ ।

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ तथा जातीय भेदभाव तथ छुवाछूत (कसुर र सजाय) नियमावली २०७४ ले प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा उत्पत्ति जातजाति वंश समुदाय, पेसा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा छुवाछूत तथा भेदभाव गर्न नहुने भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार