शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बार्सिलोनाको फराकिलो जितमा मेसीको दुई गोल

बुधबार, कार्तिक १३ २०७६

काठमाडौं(एजेन्सी)–स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा भालाडोलिडलाई ५–१ गोलअन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेसीले दुई गोल गरे भने क्लेमेन्ट लेङलेट, आर्थुरो भिडाल र लुइस स्वरेजले एक एक गोल गरेका थिए । रियल भालाडोलिडका लागि किकोले गोल फर्काएका थिए । मेसीले यस खेलमा फ्री–किकबाट गरेको गोलले नयाँ किर्तिमान बनेको छ । मेसीले आफ्नो क्यारियरमा ५०औ फ्री–किक गोल गरेका छन् ।
मेसीले बार्सिलोनाका लागि ४४औ फ्री–किक गोल गरेका छन् भने अर्जेन्टिनाका लागि ६ फ्री–किक गोल गरेका छन् । आफ्नो क्यारियरमा धेरै फ्री–किक गोल गर्ने खेलाडीको सुचिमा लियोनका पुर्व स्टार जुनिन्हो पर्नामबुकानोले ७७ गोल गरेका छन् भने पेलेले ७० र रोनाल्डिन्होले ६६ फ्रि–किक गोल गरेका छन् ।
त्यस्तै डेविड बेकहमले ६५ र ब्राजिलियन रोजेरियो सेनीले ५९ फ्री–किक गोल गरेका छन् । इन्जुरीवाट मैदानमा फर्किएपछि मेसीले ३ खेलमा ४ गोल गरेका छन् । यो जितसँगै बार्सिलोनाले १० खेलबाट २२ अंक बनाउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ । पराजित रियल भालाडोलिड भने लिगको नवौं स्थानमा छ । लिगको दोस्रो स्थानमा भने ग्रानाडा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार