काठमाडौं (जस)– नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।
आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले ११ महिनादेखि जारी नेकपा एकताको गतिरोध किनारा लागेको हो ।
राजकीय, सांसद्, राजनीतिक नियुक्तिमा भएकाले पनि जिल्ला अध्यक्ष बन्न पाउने नीतिगत सहमतिपछि नेकपाको गतिरोध किनारा लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले नाकारी दिए ।
टुंगो लागेका नामहरु सोमबार काठमाडौंमा हुने विशेष कार्यक्रममा सार्वजनिक गर्ने तयारी गरिएको समेत उनले जानकारी दिए ।
तत्कालिन एमाले र माओवादी केन्द्रबीच ४५ र ३२ जिल्ला भागवण्डा गर्ने सहमति भएको समेत बुझिएको छ ।