शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आठौं राष्ट्रिय खेलकुद् प्रतियोगितामा एनआरएनका खेलाडीहरुले जिते थप पदक

आइतबार, बैशाख ८ २०७६

काठमाडौं (जस)– आठौं औ राष्ट्रिय खेलकुद् ४०० मिटर पौडीमा पनि एनआरएनएले फेरी स्वर्ण पदक प्राप्त गरेको छ । एनआरएनएका खेलाडी दोर्जे नथम शेर्पाले थप स्वर्ण जित्दै स्वर्ण पदक संख्या ३ पुर्याएका हुन् । एनआरएनले खेलाडी शेर्पा, अफिसियल स्वयम्भु डङ्गोल र टिम कोच बिजयन श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ ।

आठौं राष्ट्रिय खेलकुद् प्रतियोगितामा गैर आवासीय नेपाली संघ (एनआरएनए) खेलाडीहरुले थप पदक जितेका छन् । प्रतियोगितामा स्विमिङमा २ सय मिटर बटर फ्लाईमा एनआरएनए खेलाडी दोर्जे नथम शेर्पाले स्वर्णपदक प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा करातेको ६८ं केजीमा एनआरएनए खेलाडी तथा मकाउ एनआरएनए एनसिसीका अध्यक्ष शान्ति अधिकारीले काँस्य पदक जितेकी हुन् । प्रतियोगिताका एनआरएनएका खेलाडी अफिसियल मनोज गोर्खाली तथा टिम कोच मुकेश बरुवाल, पर्शुराम घिमिर, युवा संयोजक सुदन थापा, सचिवालय श्रीराम घिमिरे र अन्य सम्पूर्ण कराते खेलाडीहरुमा एनआरएनएले बधाई ज्ञापन गरेको छ ।


आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा अहिलेसम्म ५२५ पदकको टुङ्गो लागेको छ । प्रतियोगितामा १४९ स्वर्ण, १४८ रजत र २२८ कास्य पदकको छिनोफानो भएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले आफ्नो अग्रता कायमै राखेको छ । आर्मीले ६० स्वर्ण, ४१ रजत र ३५ कास्य गरी १३६ पदक जितेको छ । पदक तालिकामा दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपिएफ क्लबले २५ स्वर्ण, २२ रजत र ३१ कास्यसहित ७८ पदक जितेको छ ।

 

प्रतियोगिताको तेस्रो स्थानमा रहेको नेपाल प्रहरीको पुलिस क्लबले २४ स्वर्ण, २३ रजत र २३ कास्य गरी ७० पदक हासिल गरेको छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का अनुसार चौथो स्थानमा रहेको प्रदेश ३ ले १० स्वर्ण, १८ रजत र ३४ कास्यसहित ६२ पदक, पाँचौँ स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले सात स्वर्ण, पाँच रजत र १५ कास्यसहित २७ पदक, छैठौँ स्थानमा रहेको गण्डकी प्रदेशले ६ स्वर्ण, १० रजत र २३ कास्यसहित ३९ पदक र सातौँ स्थानमा रहेको प्रदेश २ ले ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित १८ पदक जितेको छ ।
आठौँ स्थानमा रहेको प्रदेश ५ ले चार स्वर्ण, १२ रजत र २५ कास्यसहित ४१ पदक, नवौँ स्थानको प्रदेश १ ले तीन स्वर्ण, १० रजत र ३१ कास्यसहित ४४ पदक, दशौँ स्थानमा रहेको कर्णाली प्रदेशले दुई स्वर्ण, एक रजत र एक कास्यसहित पाँच पदक तथा अन्तिम स्थानमा रहेको गैर आवासीय नेपाली सङ्घ (एनआरएन)ले दुई स्वर्ण र दुई कास्य पदक जितेको छ । प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीका अनुसार अझै २२३ स्वर्ण, २२३ रजत र ३३५ कास्यसहित ७८१ पदकको टुङ्गो लाग्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार