आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मध्यपूर्वका मुद्धाहरु सम्बन्धित निकायसम्म पुर्याउन पुलको काम गर्ने मध्यपूर्व उपसंयोजक पदका उम्मेदवार नविन पोखरेलको घोषणा

मंगलबार, असोज २८ २०७६

नगेन्द्र प्रसाद पोखरेल (नविन) ले गैरआवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवौँ कार्यसमितिका लागि मध्यपुर्व क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवार बनेका छन् । उनले मध्यपूर्वमा रहेका नेपाली र एनसिसिहरुसँगको समन्वय बढाउने र नेपाल प्रवद्र्धनमा भूमिका खेल्ने, श्रमलाई मर्यादित, सुरक्षित र सम्मानजनक बनाइ श्रमिक र उद्यमी विचको समन्वयमा भूमिका निर्वाह गर्ने, तथा मध्यपुर्वका एजेण्डालाई केन्द्रिय मुख्य एजेण्डा वनाउनका लागि केन्द्रसँग समन्वयकारी भुमिका खेल्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् । मध्यपूर्व उपसंयोजक पदमा आफूलाई जिताउन आह्वान गर्दै उनले गरेको घोषणापत्र यस्तो छ :

आदरणीय एनआरएन प्रतिनिधिज्यूहरु, पत्रकार तथा शुभेच्छुक मित्रहरु,
नवौं विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशन

गैरआवासिय नेपाली संघको नवौं नवौं विश्व सम्मेलनतथाअन्तराष्ट्रिय महाधिवेशनको अवसरमा काठमाण्डौं पाल्नु भएका सम्पुर्ण एनआरएन प्रतिनिधिज्यूहरु, पत्रकार तथा शुभेच्छुक मित्रहरु हार्दिक स्वागत गर्न चाहन्छु ।

एनआरएनअधियानको एक महत्वपुर्ण अंगमध्यपुर्व क्षेत्रका सम्पुर्ण एनसिसिहरुले हालै सम्पन्न गरेका राष्ट्रिय महाधिवेशनवाट निर्वाचित सम्पुर्ण एनसिसिका कार्यसमितिहरुलाई कार्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल वाहिरका नेपालीहरुको साझा संस्था गैरआवासिय नेपाली संघका लामो समयदेखि कार्यरत रहि रहेको अवस्थामा संस्थागत अनुभव र संस्थाको मुल उद्देश्य प्राप्तीका लागि काम गर्ने क्रममा एनसिसि कतारको प्रथम उपाध्यक्ष, अध्यक्ष र सल्लाहका संयोजकको रुपमा काम गर्ने अवसर प्राप्त गरिसकेको छु । मैले पदिय जिम्मेवारी निर्वाह गरिरहँदा कतारको एनसिसिमा रहेर मध्यपुर्वका साझा मुद्दाहरुमा समान रुपले कामगर्दै आईरहेको छु । क्षेत्रिय भेला, वैठक र विश्व सम्मेलनमा विशेष गरि यिनै विषयहरुलाई उठान गर्दै साझा मुद्दामा सवैको भावना समेट्ने प्रयास गर्दै आईरहेको छु । त्यसका अलावा विभिन्न सममा सरकारी प्रतिनिधि र नेपाली राजदुतावाससँगको समन्वयमा समेत सुरक्षित र मर्यादित वैदेशिक रोजगार र श्रमिक हितमा काम गर्ने अवसर मिलेको छ ।

मध्यपुर्वमा रहेका नेपालीहरुमा संभावना र चुनौतीदुवै वरावरी छ । युवा, महिला, दक्ष, अदक्ष श्रमिक, व्यवसायी तथा उद्यमीहरुको विशाल मानव संसाधन भएको क्षेत्र हो मध्यपुर्व । सिमित समयका लागि रोजगारी वा व्यवसायका लागि मध्यपुर्व क्षेत्रमा वसोवास गर्ने नेपालीहरु अन्ततः नेपाल फर्केर मुलुकको सेवा तथा त्यहा सिकेके सिप र पुँजीलाई एकिकृत गरि नेपालमा नै उद्यम गर्न सक्न प्रशस्त अवसरहरु छन् । यो गैरआवासिय नेपाली संघको एक मुख्य उद्देश्य पनि हो । यी विषयमा केन्द्रित रहेर अबका नेतृत्वहरुले कार्य गर्न आवश्यक रहेको मेरो निष्कर्ष रहेको छ ।

यीनै साझा मुद्दाहरुमा केन्द्रित रहेर कार्य गर्न तथा सवै गैरआवासिय नेपालीहरुलाई एकैठाँउमा राखेर कार्य सम्पादन गर्नका लागि २०१९—२०२१ को लागि मध्यपुर्व क्षेत्रीय उपसंयोजक (गल्फ उपसंयोजक) को पदमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको कुरा यहाँहरुलाई सहर्ष जानकारी गराउदछु ।

काठमाण्डौंमा जारी गैरआवासीय नेपाली संघको ९औं महाधिवेशन तथा विश्व सम्मेलनबाट मध्यपुर्व क्षेत्रिय उपसंयोजकको पदमा सर्वसम्मत वा चुनावी प्रकृयाबाट मलाई जिम्मेवारी सुम्पिन भएमा विगतको लामो समयदेखि संगालेको अनुभवलाई परिष्कृत रुपमा उपयोग गर्दै गैरआवासीय नेपाली संघको विश्वव्यापी अभियानमा आफुले कुनै पनि कसुर नराखी सेवा र सहयोग पुर्याउन तपसिल वमोजिमको प्रतिवद्धता व्यक्त गर्दै शसक्त भूमिका निर्वाह गर्ने कुरामा विश्वस्त दिलाउन चाहन्छु ।

श्रमिक र उद्यमीविचको समन्वयः

श्रम र उद्यम सिक्काका दुई पाटो हुन् । वैदेशिक रोजगारका लागि खाडी क्षेत्रमा गएका नेपालीले सिपमा दक्षता हासिल गर्ने, पुँजी कमाउने र त्यसलाई उद्यममा लगानी गरि उद्यमशिलताको वाटो रोज्ने प्रचलन वढेको छ । यहि श्रमलाई मर्यादित, सुरक्षित र सम्मानजनक वनाउनु आजको आवश्यकता भएको छ । यसले कालान्तरमा समृद्द नेपाल निर्माण अभियानमा ठुलो टेवा पुग्ने छ । तसर्थ गैरआवासिय नेपाली संघको मुलधारमा रहेर तपसिल वमोजिमका कार्य सम्पादन गर्नका लागि मेरो पहल रहनेछ।

एनआरएनएको मुलधार मार्फत नेपाल सरकार समन्वयगरि वैदेशिक रोजगार प्रवद्र्धन वोर्डमा रहेको वैदेशिक रोजगारी कल्याणकारी कोषको पारदर्शिता र प्रभावकारी कार्यान्वयनमा जोड दिनेछु ।
सम्वन्धित एनसिसिहरुसँग समन्वयगरि दुतावासको सहयोगमा प्रत्येक एनसिसिमा श्रमिक कल्याणकारी कोष स्थापना गर्ने, स्थापितलाई प्रभावकारी गर्ने र कोषको वृद्धि गर्न पहल र सहयोग गर्नेछु।
श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र सम्वन्धित देशमा कार्यरत नेपाली नियोगहरुसँग समन्वय गरि कामदारको २४ घण्टा बिमा लागु गर्न जोड दिनेछु ।
नेपाली नियोगहरुवाट पुनःश्रम स्विकृति लिने प्रावधानलाई तदारुकता साथ अघि वढाई कार्यान्वयन गर्नका लागि पहल गर्न दवाव श्रृजना गर्ने साथै आफुले सकेको सहयोग र सहकार्य गर्नेछु ।
विदेशका सिकेको सिप, कमाएको पुँजीलाई एकिकृत गरि श्रमिकहरुलाई सामुहिक रुपमा उद्यमशिल वन्न र उद्यमी वनाउनका लागि पहल कदमी गर्नेछु ।
नेपाल सरकार साथै प्रदेश र स्थानिय सरकारहरुसँग समन्वयगरि सम्वन्धित क्षेत्र वा भुगोलवाट विदेशमा रहेको नेपालीहरुलाई एकिकृत गरि सामुहिक लागनी कोष निर्माण गर्न तथा त्यसवाट उत्पादनमुलक क्षेत्रमा लगानी गर्न र सम्वन्धित स्थानिय सरकारले लगानी सुरक्षा गर्ने वातावरण मिलाउनका लागि पहल कदमी गर्नेछु ।
एनसिसिहरुसँगको समन्वय र नेपाल प्रवद्र्धनः

गैरआवासिय नेपाली अभियानको मुख्य फाउण्डेसन भनेको विभिन्न देशमा गठित एनसिसिहरु हुन् । सम्वन्धित देशका एनसिसिहरुले गर्ने विभिन्न गतिविधि तथा कृयाकलापले संघको मुख्य उद्देश्य प्राप्त गर्न सहयोग पुग्नुका साथै आधार निर्माण गर्दछ । तसर्थ एनसिसिहरु वलियो भए र तिनका गतिविधिहरु प्रभावकारी भएमा नेपाल वाहिर नेपालको प्रवद्र्धन, नेपाली उत्पादनको बजार विस्तार, नेपाली सस्कृतिलाई विश्व सामु चिनाउन मार्ग प्रशस्त गर्दछ । त्यसका लागि तपसिलका योजनाहरुलाई अघि सारेको छु ।

मध्यपुर्वका एनसिसिहरुको सामिप्यतालाई कायम राख्न अन्तर एनसिसि नेटवर्क सेलको स्थापना गर्ने र समन्वय, कार्यक्रमहरुलाई एकरुपता दिने तथा प्रभावकारी वनाउने ।
नेपाली राजदुतावास स्थापनाभएका देशमादुतावासको सहयोग लिएर वानभएका देशमा एनसिसिको अग्रसरतामा एक एनसिसि एक नेपाल प्रवद्र्धन कार्यक्रमको आयोजनागरि नेपालको पर्यटन प्रवद्र्धन गर्न पहलगर्ने ।
एनसिसिहरुको अगुवाईमा समन्वयगरि सम्वन्धित देशको वजारको अध्ययनगर्ने र नेपालीउत्पादनहरुको निर्यात गर्न सम्वन्धित क्षेत्रका व्यवसायीहरुलाई सहयोग गर्ने तथा मध्यपुर्वमा रहेको व्यवसायीहरुलाई प्रोत्साहन, प्रेरणा तथा सहयोग गर्ने ।
मध्यपुर्वमा स्थापित नेपाली नेपाल वाहिर नेपालीकला, संस्कृति, साहित्यतथा खेलको प्रवद्र्धन गर्नु गैरआवासिय नेपाली संघको मुल उद्देश्यलाई सार्थक पार्न गल्फ क्षेत्रका एनसिसिहरुसँग समन्वय गरि प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्न पहल गर्नेछु ।
क्षेत्रीय संजाल, एकिकृत नेतृत्व र साझा एजेण्डा :

मध्यपुर्वमा आयोजित हुने क्षेत्रिय सम्मेलनवा क्षेत्रिय भेलाहरुको प्रभावकारिता र निर्णय भएका एजेण्डाहरुको कार्यान्वयका लागि अग्रज अभियन्ताहरुको संजाल निर्माण गरि अनुभवि र प्रभावकारी नेतृत्वका तवरले एजेण्डा तथा मुद्दाहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनेछु ।
एनसिसिहरुका वैठक, भेला, भेटघाट आदिलाई प्रभावकारी र एजेण्डामुखि वनाउनका लागि सहजिकरण गर्नेछु । साथमा त्यस्ता कार्यक्रमहरुले श्रमिकहरुको हितमा कार्य गर्न र सम्वन्धित निकाय सम्म एनसिसिका आवाजहरु पुर्याउन पुलको काम गर्नेछु ।
मध्यपुर्वका एजेण्डालाई केन्द्रिय मुख्य एजेडा वनाउनका लागि प्रत्येक एनसिसिवाट प्रतिनिधित्व गर्ने आईसिसि सदस्यहरु, एनसिसिका अध्यक्ष र महासचिवहरुसँग समन्वयकारी भुमिका खेल्नेछु ।
यिनै प्रतिवद्धता तथाभावी योजनाहरु कार्यान्वयन गर्न र श्रमिक र उद्यमीहरुको हकहितमा काम गर्न मध्यपुर्व क्षेत्रवाट नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा पाल्नु हुने सम्पुर्ण प्रतिनिधिहरुवाट सहयोगको अपेक्षा सहित धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार