मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

राष्ट्रपति भण्डारीद्धारा एनआरएनएको नवौं सम्मेलनको उद्घाटन, नेपालमा लगानी गर्न एनआरएनएलाई आव्हान (फोटोफिचर)

मंगलबार, असोज २८ २०७६

काठमाडौँ, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरुलाई जन्मभूमिमा लगानी गर्न आहृवान गरेकी छन् । मंगलबार बिहान गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले लगानीका लागि आन्तरिक र बाहृय दुवै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको भन्दै लगानीका लागि आह्वान गरेकी हुन् ।

राजनीतिक अस्थिरताका कारण विगतमा लगानी असुरक्षित भएको तर्फ संकेत गर्दै राष्ट्रपति भण्डारीले अब त्यस्तो नहुने बताउँदै सरकारले लगानी सुरक्षाका लागि विभिन्न नीतिगत व्यवस्था गरेको बताइन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एनआरएन समुदायको भावना अनुसार नागरिकतासम्बन्धी कानुन संशोधन गरिने तथा नेपालमा लगानीका लागि प्रोत्साहित गर्न सहुलियत प्रदान गरिने बताए ।


विदेशिएका नेपालीहरूको हक–हितका लागि स्थापित गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनमा ८१ देशबाट २५ सय प्रतिनिधि सहभागी छन् ।

सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुने जनाएको छ । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार