काठमाडौं(जस)–नेपालको प्रमुख लाइफस्टाइल इलेक्ट्रोनिक्स ब्रान्ड अल्टिमाले आफ्नो नयाँ वायरलेस इयरबड्स अल्टिमा बूम १८१ एएनसी नेपाली बजारमा उपलब्ध गराएको छ । एक्टिभ नोइज क्यान्सलेशन, उच्च–गुणस्तरको ध्वनि, र लामो ब्याट्री लाइफजस्ता उन्नत सुविधाहरूले भरिएको बूम १८१ एएनसी ले केवल ३९९९ रूपैयाँमा उत्कृष्ट मूल्य प्रदान गर्दछ । सुरुवातमा यो १९९९ रूपैयाँमा मात्र २५ डिसेम्बरदेखि विशेष अफरमा उपलब्ध हुनेछ जसले यसलाई २५०० रूपैयाँभित्रका उत्कृष्ट इयरबड्समध्ये एक बनाउने कम्पनीले विश्वास लिएको छ ।
१९९९ रूपैयाँको लन्च मूल्यमा, बूम १८१ एएनसी ले नेपालमा सस्तो र गुणस्तरीय इयरबड्सको नयाँ मापदण्ड कायम गरेको छ । यो विशेष अफर सीमित समयका लागि अधिकृत खुद्रा बिक्रेता र दराज, ब्रदरमार्ट, हुकुट, जीभी, खल्ती, ईसेवा, नियो स्टोरजस्ता प्रमुख अनलाइन प्लेटफर्महरूमा उपलब्ध छ । कम्पनीका अनुसार अल्टिमा एक नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड हो, जसले उच्च–गुणस्तरका लाइफस्टाइल उत्पादनहरू प्रदान गर्ने प्रतिबद्धता राखेको छ । आफ्नो नवप्रवर्तन र ग्राहक–केन्द्रित दृष्टिकोणका लागि परिचित अल्टिमाले प्रत्येक नेपालीको डिजिटल जीवनशैली सुधार्न समर्पित छ ।