मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

आईपीएलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि दिल्लीले पन्जाबलाई हरायो

आइतबार, बैशाख ८ २०७६

काठमाडौँ, ८ बैशाख । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा शनिबार राति भएको खेलमा दिल्लीले पन्जाबलाई ५ विकेटले हराएको हो ।

पन्जाबले दिएको १६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्‍यो ।

दिल्लीको जितमा शिखर धवनले ५६, श्रेयस आयरले अविजित ५८, कोलिन इन्ग्रामले १९, पृथ्वी शले १३, ऋषभ पन्तले ६ र अक्षर पटेलले १ रन बनाए ।

पन्जावका लागि हार्डस विलोजेनले २ र मोहम्मद शामीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार