बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

चित्रलेखा यादव अष्ट्रेलियाको राजदूत नियुक्त

आइतबार, मंसिर ९ २०८१

काठमाडौँ(जस)–अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छिन् । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपसभामुख यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका हुन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवसीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । यादव गत १६ असोजमा बसेको संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार