आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

श्रमिकको मुद्धा अङ्गाल्दै आरके शर्माद्वारा एनआरएनए आइसीसी सचिबमा उम्मेदवारी

शुक्रबार, असोज १० २०७६

दोहा – गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नवौं विश्वसम्मेलन तथा नयाँ नेतृत्व चयनका लागि मध्यपूर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिब पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले श्रमिकका मुद्धालाई पहिलो प्राथमिकतामा राखेर एनआरएनए आइसीसीको सचिव बन्ने निर्णय गरेका हुन् ।उनले सम्पूर्ण गैरआवासीय नेपाली अग्रज, अभियन्ता, दाजुभाई तथा दिदीबहिनीहरू माझ आफ्नो प्रतिबद्धतासहित २०१९–२०२१ कार्यकालका लागि एनआरएनए आइसीसी सचिब पदमा उम्मेदवारी दिएका छन। शर्माले विगतमा झै यस पटक पनि सबैलाई सहयोगका लागि अनुरोध गरेका छन एनआरएनए एनसीसी कतारको सल्लाहकार, आइसीसी सदस्य हुदै मध्यपूर्व संयोजकको नेत्तृत्व कुशलतापूर्वक निभाइसकेका शर्माले एनआरएनए आइसीसी सचिव पदमा २०१९–०२१ कार्यकालका लागि उम्मेदवारी घोषणा गर्दै मध्यपुर्वमा रहेका नेपालीहरुको नेत्तृत्व गदै उम्मेदवारी दिने बताए ।
मध्यपुर्व संयोजक हुदाँ प्राय सबै देशमा नै पुगेर त्यहाँ रहेका श्रमिक नेपालीको समस्या बुझेर सम्बन्धित निकायसम्म पुगेर त्यसको समाधानमा पहल गर्दै आइरहेका शर्माले वैदेशिक रोजगारीमा रहेका श्रमिक नेपालीहरुलाई पहिलो प्राथमिकतामा राख्दै काम गरिरहेका छन् ।
विगतमा उठाएका मुद्धालाई सरकारले केही हदसम्म सम्बोधन गरेको भएता पनि केही मुद्धा कार्यान्वयनमा ल्याउनका लागि आफ्नो उम्मेदवारी भएको शर्माले बताएका छन् । स्वास्थ्य सुरक्षा तथा सचेतना कार्यक्रमदेखि घरेलु कामदारको रुपमा आउने महिलाहरुले झेल्नु परेको समस्याहरुको निराकरणदेखि दुताबास बाटै श्रम स्वीकृति दिलाउने सम्मका कार्यहरुलाई मूर्तरुप दिनेमा उनले जोड दिएका छन् । विदेशबाट लगानी तथा पर्यटन नेपाल भित्र्याउन पहल गर्दै आएका शर्मा सम्पुर्ण एनआरएनका अभियन्ताहरुको रोजाईमा पर्ने गरेका छन् ।
कतार लगायत विभिन्न देशहरुमा सफल ब्यवसाय गर्दै आईरहेका शर्मा मध्यपुर्वका खाडी राष्ट्रहरुमा श्रमिक नेपालीहरुको माझमा निकै लोकप्रिय समेत रहेका छन् । एनआरएनको अभियानमा उनको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा समेत हेरिएको छ ।
सचिवको उम्मेदवारी बारे प्रष्ट्याउदै शर्मा भन्छन्–‘नेपालीको दुःखमा मल्हम लगाउन वा भएका संभावनाहरु राष्ट्र विकासमा लगाउनका साथै आगामी कार्यकालमा एनआरएन अभियानमा अझ सशक्त रुपमा भुमिका खेल्ने अभिप्रायले एनआरएन आइसिसि सचिवको उम्मेदवारी दिने निर्णय गरेको छु ।

विदेशमा दुःख गरी कमाएर पठाएको रेमिट्यान्स अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ, त्यो रेमिट्यान्सलाई एउटा ढिक्का बनाएर लगानी गर्न आवश्यक रहेको शर्माको बुझाई छ । उनी भन्छन् ‘भोलि हामी रिटायर्ड भएर स्वदेश फर्कदै गर्दा औषधी उपचारको लागि केही फण्ड होस् नत्र पाखुरी चलाउन नसक्दा रित्तो हात हुन्छ ।’ अहिले जुन अनुत्पादक क्षेत्रमा खर्च भएर व्यापार घाटा भैरहेको छ त्यसलाई कम गरेर नेपालको विकासको लागि लगाउने सपना शर्माको छ । वर्तमान कार्यसमितिमा मध्यपूर्व संयोजक रहेका शर्मा हिजोका दिनमा एनआरएन नागरिकताको निरन्तरता लगायत धेरै मुद्दाहरुलाई मध्यपूर्वले पनि संगसंगै काँधमा बोकेर सफल पारेको हुँदा अव मध्यपूर्वका मुद्धा आइसीसीले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउछन । अब मध्यपूर्व र मलेसियाका समस्याहरुलाई समाधान गर्नको लागि विश्वको ध्यान जानु पर्ने शर्मा बताउँन् आज मध्यपूर्वमै बसेर जसले समस्या भोगिरहेको छ, उसले मात्र सबैको समस्या बुझ्ने हुँदा एक पटक एनआरएनए आइसीसी सचिव पदमा सहयोग गर्न उनले विश्वभरका एनआरएनहरुमाझ आग्रह गरेका छन् ।
एनआरएन अभियान भनेको नेपालबाहिर बसेका नेपालीहरुको अभियान हो । यो अभियानबाट नेपाल सरकार समक्ष नेपालीहरुका समस्या कहाँ–कहाँ छन् र समाधान के हो भनेर पहिचान गरेर बुझाउने एउटा सेतु पनि हो । आज विश्वमा विकसित राष्ट्रहरुको उदाहरण हे¥यौ भने गैरआवसीय नागरिकहरुले कति ठुलो योगदान पुयाएकाछन् यी विभिन्न कुराहरुसँग सहकार्य गर्नको लागि एनआरएन अभियान आवश्यक भएको शर्माको ठम्याई छ । शर्माले यो अभियनमा आफु केहि लिन नभइ दिन आएकोले सबैलाई हातमा मिलाएर सहयोग गरि अगाडी बढन सहयोग गर्न आग्रह गरे।

कतारमा कामदारहरुको कल्याण क्षेत्रमा लाग्ने उद्यमी
दोहा । ब्याबसायिक क्षेत्रमा केहि गरौ भन्ने सोचका साथ सन् २००४ मा नयाँ सोच र योजना सहित कतारमा भित्रिएका नेपाली युवा राजेन्द्र कुमार शर्मा( आर के शर्मा) धृष्टता साथ लगाब र मेहनत गर्दै ईन्जिनियरिङ कम्पनी स्थापना गरेका थिए । ब्याबसायिक निरन्तरता संगै उनले सन् २०१६ मे सम्म आइपुग्दा सम्म पिजन इन्जिनियरिङ्ग ले ब्ी द्यब्थ्त्, ब्ी च्ब्थ्थ्ब्ल्, ब्ी त्ज्ग्ःब्ःब् र भ्म्ग्ऋब्त्क्ष्इल् ऋक्ष्त्थ् क्त्ब्म्क्ष्ग्ः लगायत सन् २०२२ को कतार स्थित हुने फिफा विश्वकपको डेलिबरी र लेगेसिका लागि सर्वोच्च कमिटिको (कअ) मातहतमा सहायक ठेकेदारको रुपमा नियुक्त लिन सफल भएका थिए । शर्माका अनुसार, हामी यस मेनपावर क्षेत्रमा धेरै लामो समयदेखी कार्यरत रहेको र कतार स्थित श्रमिक कामदारको कल्याणमा भएको स्थिर प्रगति र विकासको प्रत्यक्षदर्शी भएका छौं ।
फिफा विश्वकप २०२२ का लागि कतारले मुख्यगरि कामदारको अधिकार र सबै भन्दा महत्वपूर्ण श्रमिक कामदारहरुको कल्याणको विकास कल्याणको स्तरलाई पालना गर्न विशेषरुपमा ध्यान दिएको छ । सोही अनुरुप हालसम्मकै शहरी परिदृष्य र नयाँ युगका कामदारको विकास कल्याणको उल्लेखनिय परिवर्तनको साक्षी पिजन इन्जिनियरिङ्ग भएको छ। कतारमा सर्वोच्च कमिटिका श्रमिक कामदारहरुको विकास कल्याणको स्तर(मापदण्ड) धेरै कडा रहेको छ र त्यसलाई कायम राख्न हामिले धेरै मेहेनत गरेका छौं । हामीलाई थाहा छ सो मापदण्ड पालना गर्न हामिले आफुलाई र श्रमीक कामदारहरुको जीवनलाई सुधार गरिरहेको शर्माले बताए ।पिजन इन्जिनियरिङले सर्वोच्च कमिटिको श्रमिक कामदारको विकासको मापदण्ड कार्यान्वयन गरेकोले परिणाम स्वरुप नैतिक रुपमा कामदारको जनजीवनमा ठुलो परिवर्तन गरेको छ ।विश्वका लाखौ कामदारहरु अनैतिक रुपमा लिने भर्ना शुल्कको व्यापक अभ्यासका कारण पिडीत भईरहेका छन् जुन कतारको कानुन बमोजीम अवैध र डब्ल्यु डब्ल्यु स्ट्यानडर्डका अनुसार निषेधित रहेको छ । पिजन इन्जिनियरिङले सर्वोच्च कमिटिको ९कअ० भर्नाशुल्क पुर्नभुक्तान योजनालाई सहजै अपनाएको तथा कमिटि संग संलग्न तथा असंलग्न कामदारहरुलाई २,५०० हाराहारीमा भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।
सर्वोच्च कमिटिको बाह्य मनिटर इम्प्याक्ट लि। ले सञ्चालन गरेको नैतिक रुपमा गरेको कामदारको दरको परिक्षणको नयाँ तथ्याँक अनुसार , सर्वोच्च कमिटिले निर्धा्रित गरेको मापदण्ड कार्यान्वयनमा पदर्शन गरेको प्रतिबद्धताका कारण कम्पनिले ९८५ अंक प्राप्त गरेको छ । शर्मा, कामदारहरुको विकास कल्याणको मुख्य स्रोतको रुपमा उनिहरुको जागरुकता , संलग्नता र तालिम रहेको विश्वास गर्दछन् । सर्वोच्च कमिटिको संलग्नतामा कम्पनिले आफ्ना कामदारहरुलाई उनिहरुको अधिकार सम्बन्धि शिक्षा प्रदान र निरन्तर रुपमा प्रशिक्षण, तालिम दिएर उनिहरुको सशक्तिकरणमा जोड दिइएको छ ।

सर्वोच्च कमिटिले निर्धारण गरेको मापदण्ड अनुसार कामदारहरुको निरन्तर रुपमा अनिवार्य तालिम प्राप्त गर्न र कार्यक्षेत्र भित्र तथा बाहिर उनिहरुको सुरक्षालाई निश्चितता प्रदान गर्न हामीले हाम्रा कन्ट्रयाक्टरहरुसंग राम्ररी संवेदनशील भएर कारोबार गरिरहेका छौं । शर्मा भन्छन, ‘हाम्रा श्रमिक कामदारहरु हाम्रा परिवार हुन्, उनिहरुको कल्याण, विकास हाम्रो प्राथमिकता हो । विश्वकपको सफलताका लागि हामीले सर्वोच्च कमिटिसंग साझेदारी गर्दै काम गरिरहेका छौं र श्रमिक कामदारहरुको विकास र कल्याणको लागि योगदान गरिरहेका छौं जुन २०२२ पश्चात पनि विस्तार भईरहनेछ । अहिले हामी कामलार भर्ना गर्ने एजेन्सी सम्बन्धि होसियार भएका छौं । हाम्रा कामदारहरु नैतिक रुपमा भर्ना भएका निश्चित गर्नका लागि प्रशासनिक विकास, मजदुर तथा सामाजिक मामिला सम्बन्धि मन्त्रालयमा दर्ता भएका एजेन्सीसंग मात्र काम गछौं । हामीले प्रत्येक कामदारहरुसंग उनिहरुको अधिकार, गर्नुपर्ने काम, कम्पनिसंगको सम्झौता र कतारको कानुन सम्बन्धि जानकारी दिन प्रत्यक्ष रुपमा अन्तर्वार्ता लिन्छौं,’ उनले थपे । कतारबाट प्रकाशित गल्फ टाइम्स पत्रीकामा आएको उक्त न्युज लाई आधारित गर्दै साभार गरिएको हो । सफल नेपाली ब्याबसायि आर के शर्मा को उक्त पिजन कम्पनीमा दक्षिण एसियाका झन्डै ३००० भन्दा बढी कामदारहरु रहेका छन् । यिनै शर्मा एनआरएनए बिस्व सम्मेलनमा आईसिसि सचिबमा उम्मेदवार बनेका छन हाल उनि एनआरएनए मध्यपुर्ब संयोजक रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार