आलोक यादव ,सिराहा असोज १०–तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको बार्षिक स्वीकृत तालिम क्यालेन्डर आर्थिक वर्ष २०७६–०७७ अनुसार जिल्ला प्रहरी कार्यालय, सिराहामा असोज ३ गते देखि ८ गते सम्म संचालन भएको ६ कार्य दिन अवधिको घुम्ती प्रशिक्षण “अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण” तालिम समापन कार्यक्रममा यस कार्यालय तथा मातहत प्रहरी इकाईहरु समेतबाट प्रशिक्षार्थिहरु मध्ये प्रहरी हवल्दार ८ जना तथा प्रहरी जवान २७ जना गरि ३५ जना रहेको थियो ।
उक्त तालिम समापन भएको तथा तालिमको दौरानमा अपराध अनुसन्धान तथा नियन्त्रणको परिचय, अपराध नियन्त्रणका उपायहरु, जाहेरी दरखास्त परिचय तथा लेखन अभ्यास, घट्नास्थल सुरक्षा तथा यसको अभ्यास, घट्नास्थल मुचुल्का तथा लेखन अभ्यास, खानतलासी तथा बरामदी मुचुल्का परिचय तथा लेखन अभ्यास, बयान तथा ठाडो कागज, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा नेपाल प्रहरीको भुमिका, लागुऔषध, वन्यजन्तु परिचय तथा यसका ओसारपसार नियन्त्रणका उपायहरु तथा अपराध अनुसन्धानको क्रममा प्रहरीले सुनिश्चि त गर्नुपर्ने पिडित तथा अभियुक्तको मानव अधिकार जस्ता विषयहरुमा प्रशिक्षण दिईएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारि दिए।
तालिम सफलतापुर्वक उतिर्ण गर्ने प्र.क.हरुलाई जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक उमा प्रसाद चतुर्वेदीले तालिमको प्रमाणपत्र प्रदान गर्दै आवश्यक निर्देशन समेत दिएको चतुर्बेदिले बताए।