बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

चोरी तथा हराएको ६ वटा मोटरसाइकल बरामद गरी सवारी धनीलाई हस्तान्तरण

शुक्रबार, असोज १० २०७६


आलोक यादव
सिराहा, असोज १० – सिराहाको विभिन्न ठाँउ बाट चोरी तथा हराएको ६ वटा मोटरसाइकल सिराहा प्रहरीले बरामद गरी धनीलाई हस्तान्तरण गरेका छन् । स ९ प ५१८६ नम्बरको मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सिराहाले खोज तलासको क्रममा फेला पारी सवारी धनी जिल्ला सिराहा बिष्णुपुर गाँउपालिका वडा नम्बर .३ बस्ने बिजय कुमार साहलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा डिएसपी अपिल राज बोहराले जानकारी दिए । त्यसैगरि स ७ प १५०२ नम्बरको मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सिरहाले फेला पारी सवारी धनी जिल्ला सिरहा सुखिपुर न.पा.४ बस्ने राज कुमार यादवलाई , स ६ प ६०८५ नम्बरको मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी टोलिले चेक जाँचको क्रममा फेला पारी सवारी धनी जिल्ला सिरहा मिर्चैया न।पा। वडा न.५ बस्ने सन्तोष साहलाई , स ६ प ६८८४ नम्बरको मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सिरहाले फेला पारी सवारी धनी जिल्ला धनुषा जनकपुर उपनगरपालिका वडा न.९ बस्ने किसन देव साहलाई , स ९ प ८८५९ नम्बरको मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सिरहाले फेला पारी सवारी धनी जिल्ला सिरहा, सिरहा नगरपालिका वडा न.६ बस्ने संजय कुमार पासवानलाई र जिल्ला सिरहा कल्याणपुर न.पा.१२ बेल्हाबाट स.४ प। ६० नं।को मो.सा.जिल्ला सिरहा सिरहा न.पा.१२ सारश्वर कटकोलवा टोलको आप बगैचामा बेवारिसे अबस्थामा फेला पारी सम्बन्धीत धनिलाई हस्तान्तरण गरिएको बोहराले बताए ।

मोटरसाइकल चोरी तथा हराएको भएको भन्दै पिडितले जिल्ला प्रहरी कार्यालय सिरहामा निबेदन दिएपछि सर्कुलर हुँदा शंकाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल बरामद गरिएको डिएसपी अपिल राज बोहराले जनाए । उनले भने “मोटरसाइकल चोरी तथा हराए भएपछि हामीलाई सर्कुलर हँदा सिरहाको विभिन्न ठाँउमा चेकजाँच गर्ने क्रममा शंकास्पद देखिएकोले नियन्त्रणमा लियौं, मोटरसाइकलमा सबार २ जना मध्य एक जना बिरामी रहेकोले चालकले हतारमा बिरामी लिएर आउँदा ब्लुबुक बिर्सेर आएको भन्दै घरबाट ब्लुबुल लिएर आउँछु भनेर गएको १४–१५ दिन भन्दा बढी समयसम्म नआएपछि सोधखोज गर्दा चोरी तथा हराएको मोटरसाइकल भएको बुझियो ।”
यातायात ब्यबस्था कार्यालयसंग समन्वय पश्चात धनीलाई खबर गरी मोटरसाइकल हस्तान्तरण गरिएको उनले बताए ।
उनले चोरी तथा हराएको मोटरसाइकल सस्तो पायो भन्दैमा खरिद गर्नेलाई समेत पक्राउ गरी कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार