मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एसपी चतुर्बेदीले धमाधम पक्राउ गर्दै फरार प्रतिवादीहरुलाई

शुक्रबार, असोज १० २०७६

आलोक यादव सिराहा, असोज १० –सिराहामा विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरी बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् । सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर १० प्रयागपुर स्थित यात्रु बाहक रात्री बस दुर्घटना भई बजारमा खटीएका प्रहरीहरू दुर्घटना स्थल तर्फ खटीएको मौका छोपी सिरहाको मिर्चैया नगरपालिका वडा नं. ६ स्थित रहेको अनिल साहको लोटस कलर ल्याब तथा मोबाईल पसलको ढोकामा लगाएको ताल्चा काटी पसल भित्र प्रवेश गरी पसलमा रहेको नगद १ लाख २२ हजार, ल्यापटप १ थान, क्यामरा १ थान, भिभो कम्पनीको मोवाईल ६ थान समेत गरी जम्मा मुल्य ४ लाख ५ हजार बराबरको धनमाल चोरी फरार रहेका ३ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेकाछन् । पक्राउ पर्नेहरुमा सुरङगा नगरपालिका वाड नम्बर २ घर भई हाल सिरहा मिर्चैया नगरपालिका वाड नम्बर ५ बस्ने २१ वर्षीय कैलश मगर, सुखिपुर नगरपालिका वाड नम्बर १ बस्ने २२ बर्षीय अरबिन्द चौधरी र मिर्चैया नगरपालिका वाड नम्बर ५ बस्ने २० बर्षीय फेन्टा भन्ने धिरज यादव समेतलाई भाद्र २३ गते ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले पक्राउ गरी डाँका मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थप लिई आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी अपिलराज बोहराले बताएका छन् । त्यस्तै सिरहाको सुखिपुर नगरपालिका वडा नं. ७ घर भई हाल गोलबजार नगरपालिका वडा नं. ६ मा डेरा गरी बस्ने २३ वर्षीय मन्जु रायलाई २०७५ फाल्गुन २१ गोलबजार नगरपालिका वडा नं. ६ स्थित नरेन्द्र झाको घरमा कुटपीट गरेर कर्तव्य गरी फरार रहेकालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मृतक मन्जु रायकी श्रीमान राजेश पासवान भन्ने मो।ईलियास मिँयालाई इलाका प्रहरी गोलबजारबाट खटिएको टोलीले २०७६ भाद्र १५ पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थप लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएकाछन् । यस्तै सिरहाको साविक विष्णुपुर प्र।रा गा।वि।स वडा नं ४ हाल कल्याणपुर नगरपालिका वडा नं ४ घर भई कर्जन्हा नगरपालिका वडा नं.२ बस्ने बर्ष २५ की गीता देवी यादवलाई मिति २०७० कार्तिक ९ गते कर्जन्हा नगरपालिका वडा नं.४ भेडवा खोला स्थित धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी फरार रहेकालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मृतक यादवकी श्रीमान थारु भन्ने अक्षय कुमार यादवलाई २०७६ भाद्र २२ गते इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत सिरहाबाट म्याद थप लिई अनुधान कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिल राज बोहराले पत्रकार सम्मेलनमा बताएकाछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार